जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले असार २७–२८ गतेका लागि मधेश प्रदेशको पर्सा जिल्लामा केन्द्रीय समितिको बैठक बोलाइएको छ । तर सो बैठक बारे बाबुराम भट्टराई पक्षका नेताहरुले आफूलाई कुनै जानकारी नरहेको बताउँदै आउनु भएको छ ।
जसपाको केन्द्रीय कार्यालयबाट सबै केन्द्रीय सदस्यहरुलाई बैठक बारे इमेलमार्फत जानकारी गराइएको छ । तर यसमा खासगरि बाबुराम पक्षका नेताहरुले अनभिज्ञता प्रकट गरिरहनु भएको छ ।
जसपाका कार्यकारिणी सदस्य एवं सांसद अमृता अग्रहरीले भन्नुभयो, ‘‘केन्द्रीय समितिको बैठक बोलाइएको छ भन्ने सुनेको छु तर अहिलेसम्म खबर आएको छैन, उपेन्द्रजीले संसदीय दलको बैठक बोलाउँदा होस वा पार्टीको छलफल चलाउँदा होस कसैलाई बोलाउने कसैलाई नबोलाउने गर्दै आउनुभएको थियो, अहिले पनि यही होला भनेर बुझौँ ।’
उता, अर्का कार्यकारिणी सदस्य मनिष सुमनले भने बैठक बारे इमेल आएको जानकारी दिनुभयो । ‘मलाई चाहिँ बैठकमा उपस्थित हुनका लागि इमेल आएको छ तर केही साथीहरूले कुनै खबर पाइएन भनिरहनु भएको छ, सायद बैठक आउन अझै केही दिन बाँकी रहेकाले पनि खबर आउन ढिलाइ भएको होला’ सुमनले भन्नुभयो ।
तपाईको प्रतिक्रिया