प्रचण्ड भारत प्रस्थान

काठमाडौँ असार ३१ गते । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चार दिनका लागि भारत भ्रमणमा जानु भएको छ । उहाँका साथमा छोरी गंगा दाहाल र सहयोगी रमेश मल्ला जानु भएको छ । भारतीय जनता पार्टिको निमन्त्रणमा उहाँ भारत भ्रमणमा जानु भएको हो ।

भारतीय जनता पार्टीले आयोजना गर्ने कार्यक्रममा भाग लिनुको साथै विभिन्न उच्चस्तरीय भेटघाट रहेको छ । शुक्रवार भारत प्रस्थान गर्नुअघि त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले आफ्नो भ्रमण आकस्मिक नभएको दावी गर्नुभयो । आफू भारतीय जनता पार्टीका अध्यक्ष जेपी नाड्डाको निम्तोमा भारत जान लागेको जानकारी दिँदै उहाँले आफ्नो भारत भ्रमण सद्भावना भ्रमण भएको दावी गर्नुभयो ।

उहाँले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखको नेपाल भ्रमण सकेर फर्किनु र आफू भारत जानुमा कुनै साइनो नभएको दावी समेत गर्नुभयो ।

तपाईको प्रतिक्रिया