भारतद्वारा बाढी पहिरो राहत सामग्री प्रदान

काठमाडौँ असार ३१ गते । भारत सरकारले नेपाललाई बाढी तथा पहिरो राहत सामग्री सहयोग गरेको छ । आज गृहमन्त्रालयमा आयोजित एक कार्यक्रमबीच नेपालका लागि भातरीय राजदूता नविनन श्रीवास्तवले सो सामग्री हस्ताक्षर गर्नुभएको छ ।

विपद् न्युनीकरण प्रयासमा नेपाललाई निरन्तर सहयोग गर्ने हाम्रो प्रतिबद्धता अनुरुप नेपालका सो समाग्री गृहमन्त्री बालकृष्ण खाणलाई हस्तान्तर गरिएको दूतावासले जनाएको छ । राहत सामग्रीमा तीनहजार वटा ठूला साइजका टेन्ट तथा १० वटा इनफ्लेटेबल डुंगा रहेका छन् ।
कार्यक्रममा बोल्दै राजदू्त श्रीवास्तवले समयमै उपलब्ध गराइएको यस राहत सामग्रीको सम्बन्धित निकायले समयमै वितरण गरी त्यसको सही सदुपयोग गरी अधिकतम लाभलाई सुनिश्चित गर्ने कुरामा आफू आशावादी रहेको बताउनुभयो ।

समयमै राहत सामग्री उपलब्ध गराइदिएकोमा गृहमन्त्री खाणले भारत सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो र भारत र नेपालबीच रही आएको विपत् व्यवस्थापन तथा राहत सहकार्यको सराहना गर्नुभयो । नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक बहुक्षेत्रीय सहकार्य रहेको छ । यी राहत सामग्रीको हस्तान्तरणले विपद व्यवस्थापन तथ न्यूनीकरणका लागि नेपाल सरकारले चालेका प्रयासमा थप बल प्रदान गर्न भारत सरकारले गर्दै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ ।

तपाईको प्रतिक्रिया