जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईसहित नौजनालाई कारवाही गरेपछि पार्टीभित्रका आक्रोश शान्त हुनुको सट्टा झन बढ्दै गइरहेको छ । जसपाका उपेन्द्र यादवको पक्षमा रहनु भएका रेणु यादवले आफ्नो पदबाट राजिनामा दिएपछि पार्टीमा झन विवाद थपिएको छ । अध्यक्ष उपेन्द्र यादवका लागि टाउको दुखाइको विषय बनेको छ । यद्यपी अध्यक्ष उपेन्द्र यादवले रेणु यादव आक्रोशमा आएर राजिनामा दिनुभएको हो, उहाँको आक्रोश शान्त भएपछि उहाँले राजिनामा फिर्ता लिने दावी गर्नुभएको छ । तर नेतृ रेणु यादवले आफ्ना निकट नेताहरुलाई भन्नुहुन्छ, ‘राजिनामा फिर्ता लिने कुनै चान्स छैन ।’
मैले भौतिक मन्त्रालयमा यति राम्रो काम गरे, राम्रा राम्रा योजनाहरु जिल्लाहरुमा पठाए, मेरो काम राम्रो गइरहेको थियो तर विना कुनै जानकारी मन्त्री पदबाट हटाइएको छ, म उपेन्द्र यादवको दास होइन नि, आफ्ना नेतासमक्ष आक्रोशित हुँदै रेणु यादवले भन्नुभयो, ‘मन्त्रीबाट एकजनालाई फिर्ता बोलाउनु र अर्कोलाई न बोलाउनुको अर्थ फिर्ता बोलाएको मन्त्री असक्षम हुन्, त्यसो हो भने राजेन्द्र श्रेष्ठ कसरी सफल, म कसरी असफल यसको जवाफ उपेन्द्रजीले दिनुपर्छ ।’ मन्त्री फिर्ता बोलाउनु थियो भने सबै मन्त्रीलाई फिर्ता बोलाउनु पथ्र्यो, एकजनालाई राखेर सबैलाई फिर्ता बोलाउनु पार्टीको निर्णय विपरित काम भएको रेणु यादवको कथन छ ।
उहाँले आफ्ना निकट नेतालाई भन्नुभयो, ‘उपेन्द्रजीलाई महेन्द्रसँग समस्या थियो भने सिर्फ महेन्द्रलाई मात्र फिर्ता बोलाउँदा हुन्थ्यो तर एकजना मन्त्री जसको नकुनै जनाधार छ नकुनै पकड छ त्यसलाई मन्त्रीमा यथावत राखेर फिर्ता बोलाएर राजनीतिक रुपमा चरित्र हत्या गर्नुभएको छ, यसको हिसाब दिनुपर्छ ।’ यो निर्णयले आफूलाई अपमान महसुस भइरहेको भन्दै उहाँले कसैको दासत्व सहेर बस्ने पक्षमा आफू नरहेको कुरा राख्दै पदबाट राजिनामा दिनुभएको छ ।
जसले पार्टी फुटाउनका लागि पत्रमा हस्ताक्षर पनि गरिसक्नु भएको थियो त्यस्ता व्यक्तिलाई मन्त्री बनाएर उपेन्द्र यादवले के सिद्ध गर्न खोज्नु भएको छ थाह छैन । इस्तियाक राइ बाबुराम भट्टराईसँग मिलेर पार्टी फुटाउनका लागि पत्रमा हस्ताक्षर समेत गरिसक्नु भएको थियो । तर उपेन्द्रजी जानी जानी त्यस्ता व्यक्तिलाई मन्त्री बनाउनु भएको उहाँको गुनासो छ । पार्टीमा दुईजना अध्यक्ष हुनुपर्छ भनि सबभन्दा बढी पार्टीमा कुरा उठाउने इस्तियाक राइ नै हुनुहुन्छ । बाबुरामलाई पार्टीमा बहुमत पुर्याउने खेलमा इस्तियाक राय नै लाग्नु भएको थियो । त्यसका लागि उपेन्द्र यादवले उहाँलाई पुरस्कृत गर्नुभएको नेतृ रेणु यादवको टिप्पणी छ ।
काठमाडौको जडिबुटी र पर्साका वीरगञ्जमा दुई पक्ष (उपेन्द्र र बाबुराम) को बैठक चलिरहँदा वीरगञ्जको बैठकमा सहभागी हुनका लागि जानु भएका रेणु यादवले त्यही मौकामा आफ्नो राजिनामा सार्वजनिक गर्नुभयो । पार्टीमा एउटा विवाद चलि नै रहेको थियो । त्यसै बीचमा रेणु यादवको राजिनामा आएपछि जसपाको राजनीतिमा ट्वीस्ट गर्नु भएको छ । रेणु यादव अहिले जसपाको साधारण सदस्य मात्र हुनुहुन्छ । अब साधारण सदस्यसमेत नरहने गरि पार्टी छाड्न लाग्नु भएको छ । उहाँ जसपा छाडेर अर्को कुनै पार्टीमा जाने सोचमा रहेको उहाँ निकट नेताले बताउनुभयो । लाग्छ, उपेन्द्र यादवले रेणु यादवलाई चौतर्फी घेराबन्दीमा राख्नु भएको छ । जिल्लामा मृगेन्द्रकुमार सिंह यादव र रेणु यादवको बीच ३६ को आँकडा छ । बोलचाल समेत छैन, दुवै परिवारको बीचमा । त्यस अवस्थामा उपेन्द्र यादवले जानी जानी त्यस्तो गर्नुभएको भनि रेणु यादवको बुझाई रहेको छ ।
यता, मन्त्रीबाट पनि अपमान तरिकाले हटाई दिनुभएको छ । एकपटक सल्लाह पनि गर्नुभएको छैन भनि गुनासो गर्दै रेणु यादवले आफ्ना निकट नेतालाई भन्नुभयो, ‘उहाँले एकैपटक फोन गरेर सरकारबाट फिर्ता बोलाउन निर्णय गरिएको छ भन्नुभयो ।’ रेणु यादवले सुरुदेखि नरुचाइएको राजेन्द्र श्रेष्ठलाई मन्त्रीबाट हटाइएको छैन । उता, जो व्यक्ति पटक पटक पार्टी विभाजन गर्नका लािग लागि परेका नेतालाई आफूले सम्हाल्दै आएको मन्त्रालय दिएको पनि उहाँले आक्रोश व्यक्त गर्नुभएको छ ।


तपाईको प्रतिक्रिया