लोकतान्त्रिक समाजवादी पार्टी नेपालले आफ्नो संगठनात्मक सिद्धान्तमै संशोधन ल्याएको छ । पार्टीको संगठनात्मक सिद्धान्त लोकतान्त्रिक समावेशीता हुनेछ भनि विधानमा उल्लेख गरिएको छ जब कि निर्वाचन आयोगमा बुझाएको विधानमा पार्टीको संगठनात्मक सिद्धान्त लोकतान्त्रिक अकेन्द्रीयता हुनेछ । लोकतानित्रक अकेन्द्रीयतालाई संशोधन गरी लोकतान्त्रिक समावेशीता बनाएको छ ।
त्यसैगरिको पार्टी नेतृत्वको जिम्मेवारी पनि संशोधन गरिएको छ । यसअघिको विधानमा पार्टी सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारकिा आधारमा सञ्चालन हुने भनि उल्लेख थियो भने अहिले संशोधनका लागि प्रस्तुत विधानमा पार्टी एकल नेतृत्व र सामूहिक जिम्मेवारीका आधारमा सञ्चालन हुने उल्लेख गरिएको छ ।
यसअघि लोसपा सामूहिक नेतृत्वमा सञ्चालन हुने भनिएको छ, त्यसलाई संशोधन गरि एकल नेतृत्वमा सञ्चालन हुने बनाएको छ । त्यस्तै, पार्टीले एक व्यक्ति एक प्रमुख जिम्मेवारीको नीति लिएको छ । सामान्यतः पदेनबाहेक कुने एक समितिको पदाधिकारी अर्को समितिमा पदाधिकारी रहन नपाउने प्रावधान विधानमा राखिएको छ । लोसपाले गणपुरक सँख्यालाई पनि संशोधन गरेको छ ।
संशोधनको लागि प्रस्तुत अन्तरिम विधानमा केन्द्रीय समिति बाहेक अन्य समितिहरुको हकमा गणपुरक सँख्या ५० प्रतिशत जोठ १ हुनेछ तर केन्द्रीय समितिको लागि गणपुरक सँखया एक तिहाइ मानिने उल्लेख छ । तर, निर्वाचन आयोगमा पेस गरिएको अन्तरिम विधानमा सबै तहको समितिको बैठकका गणपुरक सँख्या ५० जोड १ हुने उल्लेख छ । लोसपाको केन्द्रीय समिति ५०१ सदस्यीय, राजनीतिक समिति १५१, कार्यकारिणी समिति ५१, सल्लाहकार समिति ३१, विज्ञ समिति २५, अनुशासन समिति १५, निर्वाचन समिति २१ र लेखापरिक्षण समिति ११ सदस्यीय हुने अन्तरिम विधानमा उल्लेख छ । लोसपामा ११ जना पदाधिकारी रहने प्रावधान राखिएको छ ।


तपाईको प्रतिक्रिया