Khadya Bibhag

स्थानीय चुनावमा मत बेचेको आरोप

स्थानीय चुनावमा गठनबन्धन गरेर पार्टीलाई घाटा भएको निष्कर्ष जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता अशोक राईले निकालेका छन् । गठबन्धनले केही ठाउँमा पद प्राप्त भएता पनि त्यसले गरेको अपमान हमीले विर्सेका छैनो भनि नेता राइले उल्लेख गर्नुभएको छ ।

पार्टीभित्रको गुटबन्दी, बेमेलहरुलाई अन्त्य गर्ने र गठबन्धन गर्दा सम्मानजनक सहभागिताको प्रत्याभूति गर्नुपर्ने नेता राइले सुझाव छ । आफनै पार्टीका उम्मेदवारलाई हराउन अन्तर्घात गर्ने, अरु उम्मेदवारलाई भोट दिने मात्र होइन, भोट माग्ने, आर्थिक लेनदेनमा भोट बिक्री गर्ने काम पनि गरेको छ ।

यस्ता प्रवृत्तिहरु निन्दनीय मात्र होइन, कारवाही गर्न लायककोरहेको उल्लेख गर्दै नेता राइले पार्टीमा आफ्नै सहकर्मीलाई वा पार्टीलाई घात गर्नु भनेको अनैतिक मात्र होइन आपराधिक कार्य समेत रहेको उल्लेख गर्नुभएको छ । यस्तै प्रवृत्ति रहेसम्म विपक्षीहरुसँग सङ्घर्ष वा प्रतिस्पर्धा गर्ने पार्टीको क्षमता कहिल्यै बलियो नहुने समिक्षामा भनिएको छ ।

गठबन्धनको बाँडफाँटमा उम्मेदवारी पाएका उम्मेदवारलाई पनि इमान्दारीपूर्वक मत दिएको देखिएन । जिल्ला तहका मात्र होइन, केन्द्रीय नेताहरु समेतले मनोनयन पत्र पद्धति मिचेर व्यक्तिगत रुपमा वितरण गरेको कुरा पनि उहाँले उल्लेख गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया