बाबुरामले दर्ता गराउनुभयो नयाँ पार्टी

काठमाडौँ साउन १२ गते । जनता समाजवादी पार्टी नेपालबाट कारवाहीमा पर्नुभएका डा. बाबुराम भट्टराईले निर्वाचन आयोगमा नयाँ दल दर्ता गराउनु भएको छ । उहाँले आज निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी दर्ता गराउनु भएको हो ।

आयोगमा यसअघि दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी दर्ता गरिएको डा. भट्टराई निकट नेता रमेश पोखरेलले जानकारी दिनुभयो । “यसअघि आयोगमा दर्ता रहेको समावेशी लोकतान्त्रिक पार्टीको विधान संशोधन गरेर नेपाल समाजवादी पार्टी बनाइएको छ । सो पार्टीले आज वैधानिकता पाएको छ”, उहाँले भन्नुभयो ।

सो पार्टीको निर्वाचन चिह्न आँखा रहेको छ । पार्टीको पहिलो बैठकबाट पदाधिकारी टुङ्ग्याउने उहाँले बताउनुभयो । “एक÷दुई दिनमै पार्टीको बैठक बस्छ, त्यसले नेतृत्वसहित पदाधिकारीको टुङ्गो लगाउँछ”, नेता पोखरेलले भन्नुभयो ।

तपाईको प्रतिक्रिया