पूर्वमन्त्री महेन्द्र राय यादवले किन भेट्नु भयो मन्त्री भुसालाई ?

काठमाडौँ साउन १३ गते । सर्लाहीमा ग्रामिण सिँचाई, विद्युतीयकरण कार्यक्रम अन्तरर्गत बाँकी रहेको कामको बारेमा पूर्व कृषि मन्त्री महेन्द्र राय यादवले आज उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पुम्फा भुसालसँग छलफल गर्नुभएको छ ।

पूर्व मन्त्री यादवको संसदिय क्षेत्र अन्तर्गतका विभिन्न पालिकाहरुमा २२ करोड ६८ लाख रुपैयाँको ग्रामीण सिंचाइ विद्युतीकरण कार्यक्रम अन्तर्गत अधुरो रहेको काम तत्काल सुचारु गरि सो कार्यक्रमलाई पूर्णता दिन र साथै हरिपुर्वा बसन्तपुर ३३ केभी प्रसारण लाईन तथा सबस्टेशन समेतको बाँकी रहेको काम तत्काल सम्पन्न गराउनका लागि लागि मन्त्री यादवले आग्रह गर्नुभएको छ ।

छलफलमा पूर्वमन्त्री यादव र मन्त्री भुसालसहित मन्त्रालयका सचीव र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ पनि हुनुहुन्थ्यो । मन्त्री भुसालले बाँकी रहेको कामलाई तत्काल सुचारु गरि पूर्णता दिनका लागि सम्बन्धित कर्मचारीलाई निर्देशन दिनु भएको छ ।

तपाईको प्रतिक्रिया