जसपाद्वारा अर्नमा गाउँपालिकालाई सुख्खा क्षेत्र घोषणा गर्न माग

सिरहा साउन १३ गते । जनता समाजवादी पार्टी अर्नमान गाउँपालिका समिति सिरहाले आफ्नै पार्टीबाट जितेका अर्नमा गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाउँदै गाउँपालिकालाई सुख्खा क्षेत्र घोषणा गरी राहत प्रदान गर्न माग गरेको छ ।

किसानका लागि पर्याप्त मलखादको व्यवस्था गर्न माग गर्दै किसानले बैंकबाट लिएको ऋण व्याज मिनहा गराउन समेत पार्टीले माग गरेको छ । सिँचाईको लागि व्यापक डिप बोरिङ, स्याले ट्युवेल, मोटर बोरिङ र सोलार बोरिङलगायतको वैकल्पिक व्यवस्था गर्न माग गर्दै सिँचाईका लागि किसानलाई सहुलियत स्वरुप डिजलको व्यवस्था गर्न जसपा पार्टीले माग गरेको छ ।

पर्याप्त सिँचाईको व्यवस्था नभएकोले यहाँका किसानहरु वर्षको भरमा खेती गर्न बाध्य रहेको उल्लेख गर्दै जसपाले यसपाली प्रशस्त पानी नपरेको कारण धान रोपाई भएको छैन, वैकल्पिक उपाय गरेर लगाइैको धानबाली समेत नष्ट भइरहेको ध्यानाकर्षण गराएको छ । खडेरीले गर्दा कृषिमा आश्रित बहुसँख्यक जनताको जीवन कष्टकर बन्दै गएको अवस्था प्रति सरकारको यथेष्ट ध्यान पुग्नुपर्ने ध्यानाकर्षण गराएको छ ।

माओवादी केन्द्रका युवा नेता एवं अर्नमा गाउँपालिका निवासी अरविन्द यादव भन्नुहुन्छ, आफ्नै पार्टीका प्रतिनिधिले सम्हालेको पालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाउनु, सल्लाह दिनु राम्रो कुरा हो तर भोली गएर त्यो माग पुरा भएन भने के त्यो दलले आन्दोलन गर्छ त ?’ आफ्नै पार्टीको स्थानीय नेतृत्वबाट ज्ञ्यापनपत्र दिनुको मनसाय र नियत जनतालाई छिटो, छरितो सेवा सुबिधा दिलाउनु नै होला, यो प्रशंसनीय कार्य हो, ज्ञापनपत्रमा उल्लेख मागहरु पुरा गराउनुपर्छृ भन्दै उहाँले यदि भोली गएर माग पुरा भएन भने जसपा नैतिक संकटको घेरामा पर्न सक्ने हुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया