जसपा जनकपुरधाम नगर समितिले मेयरलाई बुझायो ज्ञापनपत्र, यस्ता छन् मागहरु

जनकपुर साउन १६ गते । जनता समाजवादी पार्टी नेपाल जनकपुरधाम नगर कार्यसमितिले उपमहानगरपालिकाका मेयर मनोज कुमार साहलाई विभिन्न माग राख्दै ११ बुँदे माग सहितको ज्ञापन पत्र बुझाएको छ ।

यस्ता छन् विभिन्न ११ बुँदे मागहरु

१. फोहरमैलाको उचित व्यवस्थापन हुनु पर्ने ।

२. कर्मचारी व्यवस्थापनमा भइरहेको भेदभावको अन्त्य हुनु पर्ने कार्यरत कर्मचारीहरुलाई विना भेदभाव निरन्तरता दिनु पर्ने ।

३. वर्षी देखी कार्यरत कर्मचारीलाई अवैधानिक तरिकाले निस्काशन गरिएका कर्मचारीहरु अबिलम्व पुर्नबहाली हुनुपर्ने

४. छाडा गाई बस्तुको उचित व्यवस्थापन हुनु पर्ने

५. उपमहानगरको विकासे योजनाहरु लगायत अन्य सबै कार्यहरु अनलाइन मार्फत सार्वजनिक हुनु पर्ने ।

६. कृषि तथा कृषकहरुको लागि दीर्घकालिन योजना ल्याउनु पर्ने ।

७. सुकम्वासीहरुको अविलम्ब उचित व्यवस्थापन गर्नु पर्ने ।

८. फुटफाट व्यवसायीलाई उचित व्यवस्थापन गरी मात्र स्थापनातरण गर्नु पर्ने ।

९. कपकहरुलाई मल खाद समयमा उपलब्ध गराउनु पर्ने

१०) ग्रामिण विधुतिकरण कृषी सिंचाई कृषी विधुतिकरण गर्नु पर्ने ।

११. सांस्कृतिक नगरको दिशामा अगाडी बढीसकेको अवस्थामा केशरिया रंग एवम स्थानिय (जनकपुरधाम गान) ले निरन्तरता पाउनुपर्ने ।

तपाईको प्रतिक्रिया