महिला संघको अध्यक्षमा पुनः निर्मला यादव

काठमाडौँ साउन १६ गते । जनता समाजवादी पार्टी नेपालको भातृ संगठन ‘समाजवादी महिला संघ नेपालको अध्यक्षमा पुनः निर्मला यादव चयन हुनुभएको छ । काठमाडौंमा साउन १५ र १६ गते आयोजना गरिएको राष्ट्रिय भेलाले संघलाई पुनर्गठन गर्दा निर्मला यादवलाई अध्यक्षमा चयन गरिएको हो ।

८६ सदस्यीय संघको केन्द्रीय समितिमा उपाध्यक्षमा शशी लिङ्देन, किरण कुमारी साह, चन्द्रकुुमारी कार्की रहनु भएको छ भने महासचिवमा भगवती सुुवेदी, उपमहासचिवमा आशा राई, सचिवमा लक्ष्मी चौधरी र कोषाध्यक्षमा दिना लामा रहनु भएको छ ।

संघका पदाधिकारी तथा सदस्यहरुलाई केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा संघकी इन्चार्ज शुशीला श्रेष्ठ सपथग्रहण गराउनु भएको छ ।

तपाईको प्रतिक्रिया