युग पुरूष क. प्रचण्ड र अगामी चुनौती !!

-रामकुमार शर्मा,  
क. प्रचण्ड नेपाली राजनीतिको जिवित इतिहास हो, नेपाली राजनीतिको युग पुरूष हो,हजारौ बर्ष देखि कायम रहेको परम्परागत,सांमन्ती एंव एकात्मक राजतंत्रको उन्मुलन गरि संघिय लोकतांत्रिक गणतंत्र को जग बसाल्ने महानायक हो,
प्राय: जिवित रहदा राजनीतिक नायकको प्रशंसा गर्न बिपक्षीहरू रुचि राख्दैन् तर अर्को सत्य यो पनि हो कि सुर्य लाई हत्केला ले छोप्न नसके जस्तै सत्यलाई लामो समय सम्म लुकाउन सकिदैन् ??
यो सत्यलाई संसारले स्वीकार गरि सक्यो , विश्व शक्तिका दुई उदयमान केन्द्र चीनको बिदेश बिभाग प्रमुख क.लिउ च्यानछाओ ले क. प्रचण्ड बारे व्यक्त गरेको बिचार होस् वा भारतका सत्ताधारी पार्टि भाजपाको शक्तिशाली अध्यक्ष मा.जेपी नड्डा एंव त्यहाका बिदेश मंत्री एस. जयशंकर लगायत उच्च पदस्त कर्मचारी समेतको भव्य स्वागत मात्रै होइन हाम्रै देशका पुर्व एंव वर्तमान प्रधानमंत्री एंव शिर्ष नेतृत्वहरूले समय -समयमा व्यक्त गरेको बिचारले क. प्रचण्ड को योगदान,महत्व र वहाको व्यक्तित्व बारे छर्लग बनाउछ!
अहिले नेपालको राजनीतिमा सबै भन्दा ठुलो समस्या भनेको बैचारिक एंव इमानदार नेताको अभाव हो ,जस्ले दलाल पुजिपतीको हातमा रहेको देशलाई समाजवादी दिशा प्रदान गर्न सकोस्,देशमा रहेको जातिय /बर्गिय ,क्षेत्रिय , लैंगिक, बिविधता अनुसारको समावेशी पार्टी संरचना बनाउन सकोस्, दुइ बिशाल शक्तीशाली छिमेकी भारत र चीन संग सुमधुर संम्बन्ध कायम गरेर नेपालको रास्ट्रिय स्वाधिनतालाई अछुन्न राख्दै बिकासमा सहयोगी भूमिका प्राप्त गर्न सकोस ,सुशासन कायम गरेर समृद्धिको दिशामा तिब्र गतिमा देशलाई डोर्याउन सकोस्, वास्तवमा भन्ने हो भन्ने संघिय लोकतांत्रिक गणतंत्रको इतिहास रच्न सफल क. प्रचण्ड नेपाली नागरिकको जीवनमा आर्थिक क्रान्ति गर्न सफल हुन्छ कि हुदैन?यो नै वहाको सबै भन्दा ठुलो चुनौती हो र अवसर पनि यही नै हो,
शांन्ति प्रक्रियामा आएको १५ बर्ष पछि क. प्रचण्डले आठौ रास्ट्रिय सम्मलेन बाट देशलाई समाजवादी दिशा प्रदान गर्ने र बिचार अनुसारको समावेशी पार्टि निर्माण गर्ने महत्वपूर्ण कदम चाल्नु भएको छ, यही मिति २०७९ असार १९- २४ सम्म बसेको केन्द्रीय समितिको बैठकले ३५% महिला, २६% युवा,१५% दलित ४% मुस्लिम सहित मधेसी,जनजाति ,खश आर्य समेतको समावेशी प्रतिनिधित्व गराएर संगठनको क्षेत्रमा समाजवादी संरचनाको साहशिक प्रयोग मात्रै गर्नू भएको छैन .
बिधानमा नै यसलाई व्यबस्थित गरि देशको सबै भन्दा समावेशी पार्टी बनाउने रेर्कड पनि कायम भएको छ,यसपालिको केन्द्रित समिती बैठकमा सहभागी सात वटै प्रदेश र ७७ बटै जिल्ला प्रतिनिधिहरूको अभिव्यक्ति क. प्रचण्ड प्रति अत्यन्त सम्मानजनक , बिश्वासजनक एंव सबैको अभिभावकको रूपमा स्वीकार गरेको देखिन्थ्यो,नेताहरु एउटा आशा र बिश्वास लिएर फिल्डमा जाने माहोल देखिन्थ्यो,एक पटक जरुरत छ जसरी पार्टीका नेताहरूको बिश्वास जित्न क. प्रचण्ड सफल हुनु भएको छ,त्यसरी नै समाजवादी क्रान्तिको लागि नेपाली नागरिकको बिश्वास जित्न साहशिक कदम चाल्नु पर्दछ!
अन्त्यमा आदरणीय अध्यक्ष क. प्रचण्ड प्रति ठुलो आशा र बिश्वास राख्दै चुनौतीलाई अवसरमा बदल्न, समृद्धि सहित समाजवाद को दिशामा अगाडी बढ्न ,निर्वाचन संगै सुशासनको लागि भ्रष्टाचार मुक्त अभियान अगाडी बढाउन आवश्यक रहेको अनुभूति गरि ११ बुंदे सुझाव समेत राखेको छु!
१)सुशासन बिना समृद्धि आउदैन र समृद्धि बिना शाव्दिक समाजवादको कुनै अर्थ रहदैन , सुशासनक़ो लागि भ्रष्टाचार सबै भन्दा ठुलो समस्या रहेको छ,के क. प्रचण्ड पार्टी भित्र र बाहिर रहेका भ्रष्टाचारीहरूको बिरूद्धमा आतंक सृजना गर्न तयार हुनुहुन्छ? के अब प्रचण्ड भ्रष्टाचार बिरूद्धमा महागठबंधन बनाएर नेपाली जनताको प्रमुख दुश्मन भ्रष्टाचार बिरूद्धको आन्दोलन को नेतृत्व गर्न तयार हुनुहुन्छ ? यदि तपाई आफ्नै जीवनकालमा माओवादीलाई एक नम्वर पार्टी बनाएर प्रधानमंत्री भएर समाजवादी देश बनाउने चाहना छ,भन्ने निर्वाचनको तयारी संगै भ्रष्टाचार बिरूद्धको आन्दोलनको घोषणा गर्नुहोस् !
२)भ्रष्टाचारको लागि प्रेरित गर्ने एक प्रमुख बिषय हालको खच्चर (मिश्रित) निर्वाचन प्रणाली पनि हो,यो निर्वाचन होइन व्यापार भएको छ, यस प्रकारको निर्वाचन बाट इमान्दार व्यक्ति निर्वाचित हुन कठिन छ, यस्ले स्थिर सरकार पनि दिन सक्दैन र बैदेशिक हस्तक्षेप पनि निम्त्याउछ ,तसर्थ यसलाई परिवर्तन गरि प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पुर्ण समानुपातिक समावेसी संसदको लागि सघर्ष गरौ!
३) सबै तहको पार्टी नेतृत्व पार्टी सदस्यको प्रत्यक्ष मतदान बाट छनौट गरौ,हाल बाकि रहेको पिवि, स्थाई समिती र पदाधिकारीहरूको छनौट केन्द्रीय सदस्यहरू को मतदान बाट गरौ !
४)प्रदेश सभा तथा संविधान सभा सदस्य को उमेदवार छनौट प्रत्यक्ष पार्टी सदस्यहरू बाट गरौ !
५) स्थानिय तहको निर्वाचनमा अन्तरघात गरि हराउनेहरूलाई कडा कार्यावाही गरौ, यसको लागि एक महिना भित्र प्रतिवेदन बुझाउने गरि अधिकार सम्पन्न छानविन आयोग बनाऊ !
६) निर्वाचन अगावै नागरिकता समस्या पुर्णरूमा समाधान गरौ र प्रदेश भित्रको प्रहरी एंव प्रशासन प्रदेश सरकारको मातहत ल्याऊ!
७) एक लाखको संख्यामा Anti corruption Army को संगठन एक महिनामा तयार गर्ने काम युवा ,बिधार्थी तथा महिला संगठनलाई जिम्मेवारी तोकै !
८) प्रत्यक्ष कार्यकारी रास्ट्रपती र समानुपातिक समावेशी संसद तथा भ्रष्टाचारको बिरूद्धमा २ महिना भित्र १ करोड हस्ताक्षर सकंलन गरि प्रधानमंत्रीलाई ज्ञापन पत्र दिऊ!
९)२ महिना भित्र ७५३ स्थानिय तह , ७७ वटै जिल्ला सदरमुकाम , ७ वटै प्रदेश र काठमाण्डौमा भ्रष्टाचार को बिरूद्धमा सर्वपक्षिय अन्तरक्रिया एंव सम्मेलन गरौ!
१०) तेस्रो महिनामा ७५३ स्थानिय तहमा , प्रदेश स्तरमा र काठमाण्डौ मा बिरोध प्रर्दशन एंव सभा गरौ,
११) अन्त्यमा सत्याग्रह गरौ !!
(लेखक रामकुमार शर्मा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुनुहुन्छ)

तपाईको प्रतिक्रिया