मतदाता नामावली संकलन कार्य स्थगित

काठमाडौँ साउन २० गते । निर्वाचन आयोगले संकलन गर्दै आएको मतदाता नामाववली आजदेखि स्थगित गरेको छ । सरकारले मंसिर ४ गतेका लागि देशभर एकैसाथ संघ र प्रदेशको निर्वाचन गर्ने निर्णय गरेसँगै निर्वाचन आयोगले मतदाता नामावली संकल स्थगित गरेको जनाइएको छ ।

मतदाता नामावली ऐन, २०७३ अनुसार प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाक प्रशासन कार्यालयबाट भइरहेको मतदाता नामावली संकलन आजदेखि स्थगित हुने आयोगले जनाएको छ।

साथै अनलाइन प्रविधिमार्फत मतदाता नामावली संकलनका लागि अनलाइन फारम भरी औँठा छाप र फोटो खिच्नका लागि आवेदन मिति निर्धारण भएका व्यक्तिहरूको हकमा साउन २१ सम्म औँठा छाप र फोटो लिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।

तपाईको प्रतिक्रिया