साउदी जेलमा रहेकाहरु रिहा, अभियन्ता रायलाई दिनुभयो धन्यवाद

काठमाडौँ साउन २१ गते । एक भारतिय नागरिकको हत्या अभियोगमा चार वर्षदेखि सउदीको दमामस्थित जेलमा रहेका कृष्ण बहादुर गान्सी (भक्तपुर), राम प्रसाद ठाकुर (धनुषा), वासुदेव ठाकुर (सिरहा), ईन्द्रजित मण्डल (महोत्तरी) र धनबहादुर तामांग (इलाम) रिहा भएका छन् । समाजिक अभियन्ता सरोज रायका अनुसार उहाँहरु सबैजना अदालतबाट निर्दोष साबित भई रिहा हुनु भएको हो ।

उहाँले भन्नुभयो, ’रिहा हुन बितीकै सबैले मलाई फोन गरि धन्यवाद दिनु भएको छ ।’ सउदीको कानुन अनुसार अभियुक्त निर्दोष साबित भएपछि क्षतिपूर्तीको दावी गर्न सक्छ । उहाँहरुले क्षतिपूर्ती दावी गर्न सकिने अभियन्ता रायले बताउनुभयो । साथै कार्यरत कम्पनि माथि तलब सुविधा बाँकी रहेको हुनाले त्यसको लागि पनि पहल गर्न उहाँहरु केही दिन उतै बस्ने उृहाँले जानकारी दिनुभयो । उहाँहरुलाई जेल मुक्त गराउन लामो समयदेखि अभियन्ता रायले पहल गरिरहनु भएको थियो ।

तपाईको प्रतिक्रिया