जपान पुगे प्रचण्ड

काठमाडौँ साउन २१ गते । पार्टीको जनसम्पर्क समितिको कार्यक्रममा सहभागी हुनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज विहान जपान पुग्नु भएको छ । उहाँ हिजो साँझ जपानका लागि नेपाल एयरलाइन्सबाट उड्नु भएको थियो । उहाँ आज बिहान टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको प्रचण्डका नीजि सचिवालयले जनाएको छ ।

विमानस्थलमा उहाँलाई जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले स्वागत गर्नुभयो । प्रचण्डले शनिबार जापानको फुकुओकामा आयोजित नेपाल फेस्टिबलको उद्द्घाटन गर्नुहुन्छ भने आइतवार आइतबार प्रचण्डले हिरोसिमाको भ्रमण गर्ने कार्यक्रम रहेको छ । यस्तै, अध्यक्ष प्रचण्डले जापानको सत्तारूढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूसँग भेटवार्ता गर्ने पनि कार्यक्रम रहेको नीजि सचिवालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया