नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा मधेशमा कमजोर हुँदै गइरहनु भएको छ । प्रधानमन्त्री देउवालाई मधेशमा बलियो बनाउनका लागि गृहमन्त्री एवं काँग्रेसका नेता बालकृष्ण खाँरले निकै मेहनत गर्नुभएको थियो । तर त्यो मेहनत काम लाग्न सकेको छैन । काँग्रेसका नेता विमलेन्द्र निधि शेखर कोइरालालाई साथ दिन थालेपछि प्रधानमन्त्री देउवा मधेशमा कमजोर हुन थाल्नु भएको छ । अहिले मधेशमा मात्र होइन, निधि र शेखर गठबन्धनको चर्चा रहेको छ । दुवैजना मिलेपछि अहिले उहाँहरु राम्रो नतिजा ल्याउन थाल्नुभएको छ ।
मधेशका जिल्लाहरुमा प्रधानमन्त्री देउवाकै अधिकाँश जिल्ला अध्यक्ष जित्नु भएको छ । मधेश प्रदेशमा अध्यक्ष पनि देउवा पक्षका नै जितेका छन् । तैपनि अहिले मधेशमा विमलेन्द्र निधि नै बलियो देखिनु भएको छ । त्यसको मुख्य कारण हो, शेखर कोइराला । अहिले दुवैजना अनौपचारिक गठबन्धन गर्नुभएको छ । मधेश प्रदेशमा सुरुदेखि नै शेखर कोइरालाले विमलेन्द्र निधिलाई मिल्न भनिरहनु भएको थियो । जिल्ला तथा प्रदेशमा मिलेर चुनाव लडौं भनि शेखर कोइरालाले पटक पटक नेता निधिलाई भन्नुएको थियो तर निधिले साथ दिइ रहनु भएको थिएन ।
त्यसले गर्दा मधेशमा शेखर र निधि दुवैजना कमजोर भइरहनु भएको थियो । तर जब धनुषामा शेखरले निधिलाई साथ दिनुभयो अनि उहाँहरु अहिले त्यहाँ बलियो देखिनु भएको छ । त्यसपछि उहाँहरुको बीचमा सहकार्य सुरु भयो । अहिले निधि देउवा गुट छाड्नु भएको छ ।
पार्टीको १४ औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएपछि देउवा र निधिबीच दुरी बढेको थियो तर दोस्रो चरणमा भएको चुनावमा निधिले देउवालाई सघाएपछि दुरी घट्न थालेको थियो ।
तर फेरि मधेश प्रदेशमा जिल्ला तथा प्रदेशका अधिवेशनहरु हुन थालेपछि देउवा र निधिबीच दुरी बढ्न थाल्यो । निधिलाई लागेको थियो कि आफूले चुनावमा सघाएको कारण मधेश प्रदेशमा सहयोग गर्नुहुनेछ, तर सोचे जस्तो भएन । प्रधानमन्त्री देउवाले निधिलाई पछाडी पार्दै मधेशमा पनि आफ्नो तरिकाले अगाडि बढ्नु भयो । निधिले सिफारिस गरेको एकजना नेतालाई पनि कमिटीमा ल्याइएन, टिकट दिएन । अधिवेशनमा जानी जानी हराउन थालेपछि निधिले देउवासँग दुरी बढाउन थाल्नु भएको थियो । यहाँसम्म कि गृहमन्त्री खाँणले मधेशमा सिधै हस्तक्षेप गरेर निधिलाई कमजोर बनाउन थाल्नुभयो । गृहमन्त्री खाँणले मधेश प्रदेशमा शेखर कोइरालाको पनि साथ खोज्नु भएको थियो । तर उहाँले साथ पाउनु भएको थिएन ।
एक समय त यस्तो भयो कि गृहमन्त्री खाँण जनकपुरमा डेरा नै जमाएर बस्नुभयो । र, त्यसमा साथ दिनु थाल्नुभयो, महेन्द्र यादव । महेन्द्र यादव त्यही नेता हुनुहुन्छ जो विगतमा विमलेन्द्र निधिको साथ पाएर जनकपुरदेखि केन्द्र (काठमाडौं) सम्म आफ्नो पकड बनाउनु थियो । महेन्द्र यादवलाई निधिको कार्यकर्ताको रुपमा चिनिन्थ्यो ।
तर अहिले उहाँले निधिलाई नै टक्कर दिन थाल्नु भएको छ । उहाँ अहिले निधिको साथ छाडेर देउवाको गुटमा हुनुहुन्छ । त्यसमा मुख्य रुपले अहिले गृहमन्त्रीको सहयोगी बन्नुभएको छ । अहिले उहाँले मधेशमा काँग्रेसको नेता आफू नै रहेको भन्न थाल्नुभएको छ । यसअघि विमलेन्द्र निधिको आडमा राजनीति गर्नुभएका महेन्द्र यादव अहिले गृहमन्त्री खाँणको बैशाखी टेकेर मधेशमा राजनीति गर्न खोज्नु भएको कतिपयको टिप्पणी रहेको छ ।
तर उहाँ नेता निधिको आगाडि टिक्न नसक्ने जनकपुरका काँग्रेसी नेताहरु बताउनुहुन्छ । शेखर कोइरालाले धनुषा जिल्ला अधिवेशनमा नेता निधिलाई साथ दिनुभएको थियो । र उहाँको पक्षले त्यहाँ विजय प्राप्त गर्नुभयो । स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवार जो निधिले उम्मेदवारी दिन लगाउनु भएको थियो ।
चुनावमा शेखर कोइरालाले साथ दिएपछि मनोज साह जनकपुरधामको मेयरमा जित्नुभयो । अहिले आएर विमलेन्द्र निधिले प्रेस युनियनका चुनावमा साथ दिएपछि शेखर कोइरालाका टीम जितेको छ । काँग्रेस स्रोतका अनुसार पार्टीमा शेखर र निधिको सहकार्य हुने देखिएको छ । अगामी संघ तथा प्रदेशको चुनावमा पनि उहाँहरु एक अर्कालाई सहयोग गर्ने जनाइएको छ ।


तपाईको प्रतिक्रिया