राष्ट्रपति भण्डारीले फिर्ता पठाउनु भयो नागरिकता विधेयक (विज्ञप्तिसहित)

सहारा टाइम्स
काठमाडौँ साउन २९ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाउनु भएको छ । नागरिकता विधेयक संसदको दुवै सदनबाट पारित भएपछि स्विकृतिका लागि राष्ट्रपति विधादेवी भण्डारी कहाँ पठाएको थियो । राष्ट्रपति भण्डारीले सो विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक रहेको भन्दै प्रतिनिधिसभामा फिर्ता गर्नुभएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेखछ ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरण गरेर पठाएको विद्येयक राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को (३) अनुसार पुनः प्रतिनिधिसभामै फिर्ता गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । उक्त विद्येयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गरेर सभामुख सापकोटाले प्रमाणीकरण गरी राष्ट्रपतिसमक्ष पठाउनु भएको थियो ।

तपाईको प्रतिक्रिया