विहान ४ वजे बालकोट बोलाएर मियाँलाई गरायो एमालेमा प्रवेश

काठमाडौँ असोज २२ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं निवर्तमान सांसद अकवाल मियाँ आज विहान ५ वजे नै एमालेमा प्रवेश गर्नुभएको छ ।

बालकोटमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मियाँलाई आज विहानै पार्टीमा प्रवेश गराउनु भएको छ । लोसपाले बारा–४ बाट उहाँलाई टिकट नदिने भएपछि उहाँ आज विहानै बालकोट पुगेर पार्टी प्रवेश गर्नुभएको छ । सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादी पार्टीबाट कृष्णकुमार श्रेष्ठले त्यहाँबाट टिकट पाउने भएपछि उहाँ लोसपा छाड्नु भएको हो ।

तपाईको प्रतिक्रिया