जसपा आउट लोसपा इनः काँग्रेससँग लोसपा वार्ता गर्दै

काठमाडौँ असोज २१ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले नेपाली काँग्रेससँग छलफल थालेको छ ।

जनता समाजवादी पार्टी नेपाल काँग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनबाट बाहिरिएपछि लोसपा नेपालले वार्ता र छलफल अगाडी बढाएको छ । लोसपाका नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारी, कार्यकारिणी सदस्य अनिलकुमार झा र जितेन्द्र सोनलले प्रधानमन्त्री निवास बालुवाटार गएर छलफल गर्नुभएको छ ।

छलफल सकारात्मक रहेको बताइएको छ । उहाँहरु बालुवाटारबाट फर्केपछि बबरमहलस्थित पार्टी कार्यालयमा शीर्ष नेताहरुको बीचमा चलफल चलिरहेको छ । आजै साँझसम्म शीर्ष नेताको बीचमा छलफल हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया