सप्तरी २ मा उपेन्द्र यादवले दर्ता गराए उम्मेदवारी

सप्तरी असोज २३ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी २ का लागि प्रतिनिधिसभातर्फ उम्मेदवारी दर्ता गराउनु भएको छ । जसपा र एमाले गठबन्धनका उम्मेदवार अध्यक्ष यादव अघिल्लो चुनावमा पनि सप्तरी २ बाट नै चुनाव जित्नु भएको थियो ।

पहिलो संविधानसभा मोरग र दोस्रो संविधानसभा सुनसरीबाट जित्नु भएका उहाँ २०७४ को चुनाव सप्तरी २ बाट जित्नु भएको थियो । यसपटक पनि उहाँ त्यहीबाट उम्मेदवारी दिनु भएको हो । उहाँले सत्ता गठबन्धनका उम्मेदवार जेपी ठाकुर र जनमत पार्टीका अध्यक्ष सिके राउतसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया