सर्लाही असोज २३ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतो सर्लाही २ मा उम्मेदवारी दर्ता गराउनु भएको छ ।
यसअघि धनुषा ३ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव जित्नु भएका नेता महतो यसपटक पनि त्यहीबाट चुनाव लड्ने तयारी थियो । यद्यपी उहाँ अन्य क्षेत्रका पनि अवलोकन गर्दै आइरहनु भएको छ । तर तयारी धनुषा ३ कै लागि भइरहेको थियो ।
एमालेले जुली महतोलाई उठाएपछि उहाँ सर्लाही २ फर्किनु भएको हो । २०६४ को चुनाव त्यहीबाट जित्नु भएका उहाँ २०७० को संविधानसभा चुनाव हार्नुभएको थियो । उहाँलाई तत्कालिन तमलोपाका नेता महेन्द्रराय यादवले चुनाव हराउनु भएको थियो । यसपटक पुनः उहाँको प्रतिस्पर्धा महेन्द्र राय यादवसँग नै हुने भएको छ ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव सत्ता गठबन्धनका साझा उम्मेदवार हुनुहुन्छ भने लोसपा नेता राजेन्द्र महतो सत्ता गठबन्धनमा लडेपनि उहाँ साझा उम्मेदवार बन्न पाउनु भएन । त्यसपछि उहाँ पार्टीको तर्फबाट उम्मेदवारी दिनु भएको छ ।


तपाईको प्रतिक्रिया