Khadya Bibhag

अमरेश सिंहले दर्ता गराए स्वतन्त्र उम्मेदवारी

सर्लाही, असोज २३ गते । कांग्रेसका नेता डा.अमरेशकुमार सिंहले सर्लाही ४ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको छ । पार्टीले उहाँलाई टिकट नदिएपछि उहाँले सो उम्मेदवारी दिनु भएको हो ।

स्थानीय तहको चुनावमा पार्टीलाई असहयोग गरेको आरोप काँग्रेसका जिल्ला कमिटीले लगाएको थियो । नेता सिंहले टिकट पाउनु हुँदैन भनि जिल्लाका नेताहरु पटक पटक केन्द्रमा डेलिगेसन लिएर पुगेका थिए । स्थानीय तहको चुनावमा असहयोग गरेको भन्दै उहाँलाई जिल्ला समितिले कारवाही पनि गरेको थियो ।

उहाँ काँग्रेसमा शेखर कोइराला समूहका नेता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया