अनिल झाले धनुषा ३ मा दर्ता गराए उम्मेदवारी

धनुषा २३ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य अनिलकुमार झाले धनुषा ३ मा उम्मेदवारी दर्ता गराउनु भएको छ ।

यसअघि रौतहट १ बाट चुनाव जित्नु भएका उहाँ सत्ता गठबन्धनका साझा उम्मेदवार हुनुहुन्छ । रौतहट १ का लागि सत्ता गठबन्धनबाट माधवकुमार नेपालले सीट हात पारेपछि नेता झा धनुषा ३ पुग्नु भएको हो । यसअघि सो क्षेत्रबाट लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो प्रतिनिधिसभा सदस्यमा चुनाव जित्नु भएको थियो ।

तपाईको प्रतिक्रिया