उपेन्द्र यादवले भन्नुभयो, काँग्रेससहितका ठूला दलले मधेशको शोषण गर्दैछन्

राजविराज, कार्तिक ३ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले काँग्रेस र माओवादी लगायतका ठूला पार्टीहरुले मधेशी जनताको शोषण मात्रै गर्दै आएको दावी गर्नुभएको छ । अन्य दलले मधेशलाई भोट बैंक बनाएर शोषण मात्रै गरेकोले जसपा नेपालले मधेशलाई मुक्ति दिलाउने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।

सप्तरीको महदेबा गाउँपालिका स्थित बलिया मठमा बिहीबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले मधेशका जनताले आफ्नो अमूल्य मतको सही सदुपयोग गर्ने बतानूुभयो । शोषित उत्पीडित जनताको हक धिकार स्थापित गराउन आफूो, अझैं संघर्षरत रहेको बताउँदै अध्यक्ष यादवले भन्नुभयो, ‘काँग्रेस लगायतका ठूला भनाउँदा पार्टीहरुले मधेश र मधेशी जनतालाई शोषण मात्र गर्दै आएको छन्, शोषण, दमन एवम् अत्याचारबाट मुक्ति दिलाउने जिम्मा अब जसपाको हो ।’

पहिचान, स्वाभिमान, समावेशिता र समानताका लागि आफुहरु पार्टीको स्थापनाकालदेखि नै संघर्ष गर्दै आएको चर्चा गर्दै अध्यक्ष यादवले शोषण, दमन एवम् विभेदमा पारिएको समुदायका लागि अझैं संघर्षरत रहेको चर्चा गर्नुभयो । अबको वैकल्पिक शक्तिको रुपमा जसपा नेपाल मात्र रहेकोले आउने निर्वाचनमा जनताले मतदान गरेरै आफ्नो अभिमत जाहेर गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

विकास सम्बन्धी मानवीय सूचकाङ्क अनुसार पछाडि परेको जिल्लाहरुमा सप्तरी देशमै तेस्रो तथा प्रदेशमा रौतहट पहिलो र सप्तरी दोस्रो रहेको चर्चा गर्दै अध्यक्ष यादवले भने ‘सप्तरी मेरो जन्मभूमी हो, यहीँको माटोमा जन्मे, हुर्कें र विद्यालय स्तरीय शिक्षा पनि यहीं प्राप्त गरेँ, त्यही भएर गत निर्वाचनमा उम्मेदवारी दिएँ र भारी मतले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएँ ।’

आफुले सप्तरीमा नर्सिङ्ग कलेज, इन्जिनियरिङ्ग कलेज, रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, कृषि विश्वविद्यालय सय शैय्याको अस्पताललाई ४ सय २० बेडको सुविधा सम्पन्न अस्पताल, सडक सञ्जाल विस्तार, विद्यालय भवन निर्माण लगायतका कामहरु गरेको जानकारी गराउँदै उहाँले भन्नुभयो, ‘मैले र मेरो पहलमा भएका कामहरु छर्लङ्ग छ, जनतालाई विकास गर्ने जनप्रतिनिधि चाहियो कि झुठा आश्वासन बाँड्ने नेता । सचेत जनता भ्रमको खेती गर्नेहरुमाथि विश्वास नगर्ने अध्यक्ष यादवको दाबी छ ।

तपाईको प्रतिक्रिया