Khadya Bibhag

प्रदेश सांसदका उम्मेदवार विजय यादवद्वारा आचारसहिंताको उल्लघंन

सिरहा कात्तिक १८ गते । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं सिरहा २ (क) का प्रदेशसभा उम्मेदवार विजय यादवले आचारसंिहतको उल्लघन गर्नुभएको गुनासो भइरहेको छ ।

चुनाव प्रचारको क्रममा घरदैलो कार्यक्रम गर्दा उहाँले गरिब तथा निमुखा जनतलाई पक्की घर बनाई दिने आश्वासन दिनु भएको माओवादी केन्द्रका युवा नेता अरविन्द यादवले बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रदेशसभा सदस्य विजय यादवले घरदैलो कार्यक्रममा आचारसहिंताको उल्लघंन गर्नुभएको छ, उहाँले मतदाताहरुलाई प्रभावमा पार्नका लागि पक्की घर बनाई दिने आश्वसन दिइरहनु भएको छ ।’

जनता अवास कार्यक्रम अन्तरर्गत सरकारले घर बनाई दिएको छ तर उहाँले आफूले ल्याई दिएको छ अब त्यसको छाना नै ढलान गरि दिनु आश्वासन दिँदै आएको उहाँले बताउनुभयो ।

पाँच वर्षसम्म मन्त्री भएको बेला विजय यादव कहिले क्षेत्रमा जनता समक्ष गएर त्यसको दुख सुख बुझ्ने प्रयास गर्नुभएन तर अहिले चुनावको समयमा जनतालाई लोभ्याउनका लागि विभिन्न आश्वासनहरु बाँड्दै हिडेको उहाँको छ ।

तपाईको प्रतिक्रिया