उमेश यादवले गर्नु भएका ऐतिहासिक कामहरु

सप्तरी कात्तिक १९ गते । नेकपा माओवादी केन्द्रका नेता एवं सप्तरी २ (ख) का प्रदेशसभा सदस्यका उम्मेदवार उमेश यादवले राजविराज विमानस्थल सञ्चालनमा अहम् भूमिका खेल्नु भएको छ ।

विमानस्थल निर्माण भएपनि धेरै समयसम्म त्यो सञ्चालनमा आइरहेको थिएन । उनी २०७० को संविधानसभा सदस्यमा जितेपछि उहाँले राजविराज विमानस्थलको सञ्चालनका लागि पहल सुरु गर्नुभएको थियो ।

उहाँकै पहलपछि २०७५ देखि सो विमानस्थल सञ्चालनमा आएको हो । त्यसका साथै उहाँले राजविराज–कुनौली सडकको स्तरोन्नती पनि गराउनमा पहल गर्नुभएको छ ।

राजविराज शहरी सडक निर्माण प्रक्रिया, आन्तरिक राजश्व कार्यालयको स्थापनाको लागि पनि नेता यादवको विशेष पहल गरेको छ । उहाँ सिँचाई मन्त्री भएको बेला खाँडो नदी नियन्त्रण, महुली÷खड्ग÷बलान आयोजना, चतरा बैरेज निर्माणको अध्ययन सर्वेलगायतका काम गराउनु भएको थियो ।

राजविराज चक्रपथको निर्माण गराउनुको साथै लोखरम लालापट्टी, सखडा सडक, सप्तरी जिल्लामा झोलुङ्गे पुल निर्माण तथा साविक ३ नम्बर क्षेत्रको लालापट्टी, मलनिया, दमावती, हरिहरपुरलगायत क्षेत्रमा आरसिसी÷झोलुङ्गे पुल निर्माणसहितका विभिन्न दीर्घकालिन विकास निर्माण पनि नेता यादवको योगदान रहेको छ ।

आगामी मंसिर ४ को निर्वाचनमा वाम–लोकतान्त्रिक गठन्धनको तर्फबाट प्रदेश सभा निर्वाचन क्षेत्र २ (ख) मा उहाँले उम्मेदवारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया