Khadya Bibhag

जसपाले आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गर्दै

काठमाडौँ कात्तिक १९ गते । जनता समाजवादी पार्टी नेपालले आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दैंछ । मंसिर ४ गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि जसपाले आफ्नो घोषणापत्र सार्वजनिक गर्न लागेको हो।

आज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित होटल एभरेस्टमा एक कार्यक्रमका बीच घोषणापत्र सार्वजनिक गरिने जसपाले जनाएको छ ।
जनता समाजवादी पार्टी ९जसपा०ले आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि जसपाले आफ्नो घोषणापत्र सार्वजनिक गर्न लागेको हो।

दिउँसो २ बजे नयाँ बानेश्वरस्थित होटल एभरेस्टमा एक कार्यक्रमका बीच घोषणापत्र सार्वजनिक गरिने पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बहादुर बस्नेतले जानकारी दिए ।

सत्ता गठबन्धन छाडेपछि जसपा काँग्रेसप्रति कडा रुपमा प्रस्तुत भएको छ । प्रतिवद्धता पत्रको प्रस्तावनमा नै काँग्रेसलाई सर्वसत्तावादीको आरोप लगाएको छ ।

नवउदारवादी पूँजीवदी व्यवस्थाको रक्षालाई नै आफ्नो ध्येय थान्ने काँग्रेसको राजनीतिक चरित्र सत्ता प्राप्ति रहेको आरोप जसपाले लगाएको छ । सत्ताको बलमा शक्ति आर्जन गर्ने, शक्तिे स्रोतमाथि आफ्नो आधिपत्य जमाउने र त्यो आधिपत्यका लागि राजनीतिक अस्थिरता निम्त्याई रहेको आरोप जसपाको रहेको छ ।

 

काँग्रेसले नै संविधानलाई पूर्णता दिन कुनै पहल नगरेको आरोप जसपाले लगाएको छ । नेपालको संविधान काँग्रेस, एमाले, माओवादी केन्द्रले बुहमतको बलमा जारी गरेको दावी गर्दै जसपाले संविधानमा ती दलहरुले पहिचान र सामथ्र्यताका आधारमा राज्य पुनसंर्रचना गर्ने आफैले घोषणा गरेका तथा पहिलो संविधानसभाले पारित गरेका पुनसंरचनाका आधारहरुलाई उल्टाएको आरोप लगाएको छ ।

 

शासकीय स्वरुपमा परिवर्तन, संघीय संरचनाहरुको निर्माण, न्याय प्रणालीलाई संघीय स्वरुपमा पुनसंरचना गर्न, सवैधानिक निकायलाई बलियो बनाउन, जनलोकपाल जस्ता निकायहरुको गठन गर्न, उत्पीडित समुदायको हक, अधिकार र पहिचानर्ला सुनिश्चित गर्नेलगायतका कार्य गर्न संविधान संशोधन अपरिहार्य रहेको उल्लेख गर्दै जसपाले संविधान संशोधन अहिलेको मुख्य संघर्ष रहेको प्रतिवद्धतापत्रमा उल्लेख गरेको छ ।

 

नेपालमा साम्यवादी विचारधारा, पूँजीवादी विचारधारा तथा रातन्त्रतात्मक विचारधारासहित तीन विचारधाराको पार्टी रहेको उल्लेख गर्दै जसपाले आफ्नो प्रतिवद्धतापत्रमा यी विचारधारा असफल भएको कारण जसपाले समाजवादी गणतन्त्रलाई राजनीतिक गन्तव्य बनाएको उल्लेख गरेको छ ।

जसपा नेपाल र अन्य दलको बीच देशको राज्य पुनसंरचना, शासकीय स्वरुप, व्यवस्थापकीय ढाँचा, न्यायपालिकामाथिको दृष्टिकोण, प्रदेशको सीमांकन र नामाकंन, संघ र प्रदेशबीच क्षेत्रधिकारको बाँडफाँटलगायमा विषयमा फरक दृष्टिकोण रहेको कुरा आफ्नो प्रतिवद्धतापत्रमा उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया