Khadya Bibhag

आर्थिक उन्नतीका लागि व्यावसायीक कृषिमा जोड

सुनसरी कात्तिक १९ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता एवं सुनसरी ४ (ख) का प्रदेशसभा सदस्यका उम्मेदवार सन्तोष मेहताले व्यावसायिक कृषिमा जोड दिनु भएको छ ।

आफ्नो चुनावी अभियानको क्रममा जनताको आर्थिक प्रगति तथा उन्नतीका लागि व्यावसायिक कृषिमा जोड दिनुपर्ने बताउनु भएको छ । नेपाल कृषि प्रधान देश हो, यसको आर्थिक मेरुदण्ड नै कृषि हो भन्नुहुँदै उहाँले जबसम्म कृषिलाई विकास गर्न सकिदैन तबसम्म देश समृद्ध बन्न नसकिने धारणा राख्नु भएको छ ।

देशमा सबभन्दा बढी पीडामा किसान नै रहेको छ । उसको घर परिवार सबै कृषिमा नै आश्रित हुन्छ तर राम्रो उत्पादन नभएको कारण आयातमा निर्भर हुनुपरेको उहाँले बताउनुभयो । किसानले समयमा मल, बीउ र सिँचाई प्राप्त गर्न सकियो भने कृषि उत्पादनमा वृद्धि हुन्छ र देश आफै समृद्ध हुने उहाँले दावी गर्नुभयो ।

सुनसरीका सन्तोष मेहतामा पनि चुनावी मैदानमा हुनुहुन्छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय नेता सन्तोष मेहता सुनसरी ४ (ख) का लागि प्रदेशसभा सदस्यमा उम्मेदवारी दिनुभएको छ । पोल्टिकल साइन्समा ब्याचलरसम्म अध्ययन गर्नुभएका ३७ वर्षीय सन्तोष मेहता होल्टाइमर राजनीतिकर्मी हुनुहुन्छ ।

विद्यालय जीवनदेखि राजनीतिमा आउनु भएका सन्तोष मेहता राजनीतिककै कारण उहाँले पढाईलाई निरन्तरता दिनुभएन ।
नेपाल सद्भावना पार्टीसँग जोडिएर काम गर्न थाल्नु भएका सन्तोष मेहता यसअघि २०७० को संविधानसभामा पनि सदभावना पार्टीबाट चुनाव लड्नु भएको थियो । तर पराजित हुनुभयो ।

पराजित भएपनि उहाँ पछाडी हट्नु भएन । पार्टीमा रहेर आफ्नो यात्रा निरन्तर अगाडि बढाई रहनु भएको छ । पार्टीमा अध्ययनशिल र बौद्धिक युवाको रुपमा परिचित उहाँ राजनीतिको ट्रेण्ड बदल्नुपर्ने बताउनु हुन्छ । परम्परागत ढंगले अब राजनीति हुँदैन, यसको परिवर्तन आवश्यक छ र त्यसका लागि युवा नै अगाडि बढ्नुपर्ने उहाँको बुझाई छ ।

तपाईको प्रतिक्रिया