जनताको सेवक भएको कारण सरोजलाई जनताले रुचाएको हो

सर्लाही कात्तिक १९ गते । समाजिक अभियन्ता सरोज रायले जनताको आर्थकि प्रगतिका लागि उम्मेदवारी दिनु भएको छ । सर्लाही क्षेत्र नम्बर ३ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिनुभएको अभियन्ता रायले भन्नुभयो, ‘संविधानको रक्षा, मधेश प्रदेशको समग्र विकास तथा जनताको आर्थिक प्रगति तथा समृद्धिका लागि मैले स्वतन्त्र उम्मेदवारी दिएको हुँ ।’

उहाँ अहिले अहिले घरदैलो कार्यक्रममा व्यस्त हुनुहुन्छ । उहाँको चुनाव चिन्ह लालटेन रहेको छ । पछिल्लो समय दलीय राजनीतिबाट जनता आजित भएर त्यसमा सुधार खोजेको संकेत गरेपछि आफू स्वतन्त्र उम्मेदवारी दिएको बताउँदै उहाँले आफूले जनताको सेवामा हरहमेशा हाजिर भएको हुनाले जनताले आफूलाई नै रोज्नेमा उहाँ विश्वस्त हुनुहुन्छ ।

उहाँले भन्नुभयो, म कुनै पदमा नहुँदा पनि जनताको हरेक दुख सुखमा साथ दिएको छ, जनताको पीडामा मलहम लगाएको छु, आइ परेका हरेक समस्याको समाधान गर्ने प्रयास गरेको छु सायद त्यो क्षेत्रबाट जितेका प्रतिनिधि तथा स्थानीय प्रतिनिधिले पनि जनताको लागि त्यति सोचेका छैनन्, काम गरेका छैनन् मैले त्यति गरेको छु ।’ जनताको रोजाईमा पर्नुको एउटै कारण हो, जनताको सेवा, आफूले जनताको सेवालाई नै सबैथोका मानेको कारण आज त्यही जनता आफूलाई सहयोग गर्न तयार रहेको उहाँले बताउनुभयो ।

विदेशमा जेल जीवन बिताइरहेका र मृत्युदण्ड पाएका कैयौं नेपालीको जीवन रक्षा गरी स्वदेश फर्काउन सफल हुनु भएका अभियन्ता राय तराई मधेशमा मात्र होइन, हिमाल, पहाडमा पनि सबैको चहेता बन्नुभएको छ । उहाँले भारतबाट समेत थुप्रै बालबालिकालाई उद्धार गरेर उसको अभिभावकको जिम्मा लगाउनु भएको छ ।

तपाईको प्रतिक्रिया