मधेश प्रदेशका हेभीवेट नेताः को रेडजोनमा र को ग्रीनजोनमा

मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका तयारीमा विभिन्न दलका उम्मेदवारहरु अन्तिम तयारीमा छन् । विभिन्न प्रतिवद्धताहरु लिएर मतदाता रिझाउनमा लाग्नु भएको छ । चुनाव जित्ने सबैको दावी रहेको छ । यहाँ मधेश प्रदेशको विभिन्न निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका केही ‘हेभीवेट’ उम्मेदवारको बारेमा चर्चा गरिएको छ । यहाँ चर्चा गरिएकोमध्ये सिके राउतबाहेक सबै पुराना उम्मेदवहरु हुनुहुन्छ । उहाँहरुमध्ये को रेड जोनमा र को ग्रीन जोनमा भनि समान्य विश्लेषण गरिएको छ ।

उपेन्द्र यादव, सप्तरी–२
सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा त्रिपक्षीय प्रतिस्पर्धा देखिए पनि जसपाका अध्यक्ष उपेन्द्र यादव त्यहाँका भारी उम्मेदवार हुनुहुन्छ । उहाँ एमाले–जसपाका साझा उम्मेदवार हुनुहुन्छ । उहाँसँग जनमत पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोसपाका जेपी ठाकुरले प्रतिस्पर्धा गर्ने भएको छ । २०७४ मा समेत त्यहाँबाट चुनाव जित्नु भएका उपेन्द्र यादव विकास गरेकै कारण अन्य उम्मेदवारको तुलनामा भारी हुनुभएको छ । स्थानीय तहको मतको हिसाबले सात्ता गठबन्धनका उम्मेदवार जेपी ठाकुर सबभन्दा अगाडि देखिनु भएको छ । नयाँ र आन्दोलन गरेर आएको पार्टी भएका कारण जनमतका अध्यक्ष सिके राउतको पनि चर्चा छ । सप्तरी २ मा राजविराज नगरपालिका तथा छिन्नमस्ता, तिलाठी कोइलाडी र महादेवा गाउँपालिका गरी चार पालिका छन् । स्थानीय निर्वाचनको मतको आधारमा जसपा नेपाल सो क्षेत्रको सबैभन्दा ठूली पार्टी हो । तर गठबन्धनको मत जोड्दा ठाकुर अगाडि देखिनु भएको छ । स्थानीय निर्वाचनमा चार पालिकाको ३७ वडामध्ये जसपा, नेपालबाट १३ जना वडाअध्यक्ष निर्वाचित भएका छन् । माओवादी केन्द्रका सात जना, लोसपा नेपालका छ, जनमत पार्टीका तीन, नेपाली काँग्रेस,नेकपा (एमाले), र नेकपा (एकीकृत समाजवादी)का दुई दुई जना वडा अध्यक्ष निर्वाचित भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना निर्वाचित छन् ।

महन्थ ठाकुर, महोत्तरी ३
लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई पनि उहाँको आफ्नो क्षेत्रमा चुनौतीहरु देखिएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार ठाकुरका लागि माओवादी केन्द्रका नेता रामकुमार शर्मा चुनौती बन्नुभएको छ । माओवादी केन्द्रले रामकुमार शर्माको उम्मेदवारी फिर्ता लिएपछि उहाँ ठाकुरको विरुद्धमा लाग्नु भएको छ । यस्तै, उहाँको अर्को चुनौती तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल पनि हुनुहुन्छ । लोसपाबाट अलग भएर वृषेशचन्द्र लालले तमलोपा गठन गर्नुभएको हो । लोसपामा हुँदा वृषेशचन्द्र लाल सबभन्दा निकट महन्थ ठाकुरका नै हुनुहुन्थ्यो । लोसपाका अध्यक्ष महन्थ ठाकुरको तुलनामा जसपाका उम्मेदवार हरिनारायण यादव कमजोर हुनुहुन्छ ।
सो क्षेत्रको जसपाले १४ हजार ३५७, लोसपा १२ हजार ७३५, एमाले १० हजार ८२०, कांग्रेस नौ हजार ४३, माओवादी पाँच हजार १९५, नेकपा एकीकृत समाजवादी पाटीले २५७०, राष्ट्रिय जनता पार्टीले ६१८ ले मत प्राप्त गरेको छ । त्यसमा सत्ता गठबन्धनले वडा तहमा २९५४३ मत ल्याएको छ भने जसपा–एमाले गठबन्धनले २५ हजार १७७ मत ल्याएको छ । अर्थात लोसपाका अध्यक्ष ठाकुर चार हजार ३६६ मतले मात्र अगाडी रहेका छन् ।

शरतसिंह भण्डारी, महोत्तरी २
महोत्तरी २ बाट प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनको तर्फबाट उम्मदवारी दिनु भएका लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारी लोसपाका अन्य सबै नेताभन्दा सुरक्षित देखिनु भएको छ । स्थानीय चुनाव २०७९ मा ल्याएको मतका आधारमा पनि उहाँ ग्रीन जोनमा रहेको देखिनु भएको छ । जसपा–एमाले गठबन्धन भन्दा उहाँ १७ हजार मतले अगाडि हुनुहुन्छ । सत्ता गठबन्धनले वडामा ४२ हजार २७७ मत ल्याएको थियो भने जसपा–एमाले गठबन्धनले २५ हजार १७७ मत मात्र ल्याएको छ । लोसपाले १७ हजार ५७७, काँग्रेस १६ हजार ९३८, माओवादी केन्द्रले छ हववा ५०६, नेकपा (एस) ले एक हजार १९६, जसपाले आठ हजार ५३२, एमाले सात हाजर ५७, राप्रपाले १२९ मत ल्याएका छन् । नेता भण्डारी सत्ता गठबन्धनका साथ उम्मेदवार हुन् ।

अनिलकुमार झा, धनुषा ३
लोसपाका कार्यकारिणी सदस्य अनिलकुमार झाले धनुषा ३ बाट सत्ता गठबन्धनको तर्फबाट उम्मेदावरी दिनुभएको छ । सत्ता गठबन्धनले सो क्षेत्रको वडामा प्राप्त गरेको मत परिणालाई जोड्दा नेता झा १० हजार २४२ मतले अगाडी छन् । पाँच दलीय सत्ता गठबन्धनले ३५ हजार ५८१ मत वडामा हासिल गरेको थियो भने जसपा–एमाले गठबन्धनले २५ हजार ३३९ मत हासिल गरेको थियो । कांग्रेसले मात्र २२ हजार ४२८, एमालेले १७ हजार ९६, लोसपाले आठ हजार ७६३, जसपाले आठ हजार २४३, नेकपा (एस) तीन हजार ७२५, जनमत पार्टीले दुई हजार ४९१, माओवादी केन्द्रले ६६५, राप्रपाले ५०१ मत ल्याएको थियो । तर एमाले–जसपाका साझा उम्मेदवार एमालेका नेतृ जुली महतो उहाँका लागि चुनौती बन्नु भएको छ । जुली महतोसँग जातीयता मत रहेको छ भने अनिल झा बाहिर जिल्लाबाट आएको कारण त्यसको आलोचना पनि भइरहेको छ यी सबको फाइदा जुली महतोले लिनु दाउमा हुनुहुन्छ ।

राजेन्द्र महतो, सर्लाही–२
सर्लाही २ मा राजेन्द्र महतोलाई चुनौती देखिएको छ । सो क्षेत्रमा दलहरुले २०७९ को स्थानीय तहले प्राप्त गरेको मतको हिसाब गर्दा नेता महतो रेड जोनमा छन् । सो क्षेत्रमा महेन्द्रराय यादवसँग उहाँको प्रतिस्पर्धा भइरहेको छ । सो क्षेत्रको वडामा कांग्रेसले २४ हजार ६२०, जसपाले १९ हजार ६४२, लोसपाले १२ हजार ३६६, माओवादी केन्द्रले सात हजार ७३७, एमालेले सात हजार ६७९, जनमत पार्टीले तीन हजार ४२, नेकपा (एस) ले दुई हजार २२१, राप्रपाले ७४२ मत ल्याएको थियो । काँग्रेसका जंगीलाल राय यादवले राजेन्द्र महतोलाई साथ दिइरहनु भएको छ भने अर्का काँग्रेसका उम्मेदवा कौशलकुमारले महेन्द्रराय यादवलाई साथ दिइरहेको छ । गठबन्धनबाट साझा उम्मेदवार माओवादीका सुनिलकुमार साहले रहनु भएको छ । जंगिलाललाई आधिकारिक मानिएको छैन । राजेन्द्र महतो धनुषाबाट आएका कारणले पनि त्यहाँको मतदातामा एक प्रकारको अन्योल रहेको छ । यद्यपी, महतो पनि सो क्षेत्रका लागि कमजोर उम्मेदवार हुनुहुन्न ।

लक्ष्मणलाल कर्ण, पर्सा–१
लोसपाका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण पर्सा एकबाट चुनाव लड्नु भएको छ । स्थानीय तहको वडा तहमा प्राप्त मतको हिसाब गर्दा नेता कर्ण पनि रेड जोनमा हुनुहुन्छ । जसपा–एमाले गठबन्धनभन्दा सत्ता गठबन्धनको मत आठ हजार ७०४ ले कम छ । जसपा–एमाले गठबन्धनले सो क्षेत्रको वडामा २९ हजार ४१ मत ल्याएको थियो भने सत्ता गठबन्धनले २० हजार ३३७ मत ल्याएको थियो । नेता कर्ण सत्ता गठबन्धनका साझा उम्मेदवार हुनुहुन्छ । उहाँका लागि पर्सा १ नम्बर त्यो क्षेत्र नयाँ हो । उहाँ २०७४ मा पर्सा ४ बाट चुनाव जित्नु भएको थियो । पर्सा १ मा नेता कर्ण सत्ता गठबन्धनका साझा उम्मेदवार हुनुहुन्छ भने जसपा–एमाले गठबन्धनबाट प्रदीप यादवले उम्मेदवारी दिनु भएको छ । सो क्षेत्रमा नेता कर्ण र नेता यादवको बीचमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । सो क्षेत्रमा जसपाको राम्रो संगठन छ । नेता प्रदीप यादवको दवदवा छ ।

महेन्द्र राय यादव, सर्लाही–२
सर्लाही–२ मा मित्रवत लोसपाका राजेन्द्र महतोसँग मित्रवत प्रतिस्पर्धा हुने भएको छ । सुरुमा सत्ता गठबन्धनको साझा उम्मेदवार माओवादी केन्द्रको तर्फबाट नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव हुनुहुन्थ्यो । पछि लोसपा पनि गठबन्धनमा सामेल भएपछि दुई नेताको बीचमा मित्रवत व्यवहार हुने निर्णय भएको हो । मित्रवत प्रतिस्पर्धा भएपनि त्यहाँ काँग्रेस, माओवादी र नेकपा (एस) ले महेन्द्र राय यादवलाई आन्तरिक रुपमा सहयोग गर्ने भएको छ । अर्को महेन्द्र यादव त्यहाँबाट पटक पटक जित्दै आउनु भएको छ तर राजेन्द्र महतो एकपटक त्यहाँबाट चुनाव हारेपछि उहाँ धनुषा जानु भएको थियो अहिले पुनः सर्लाही फर्किनु भएको छ । त्यसले उहाँको आलोचना भइरहेको छ । महेन्द्र यादवसँग जातियता मत पनि रहेकाले उहाँले चुनाव जित्ने लगभग निश्चित रहेको बताउँछन् । क्षेत्रको वडामा कांग्रेसले २४ हजार ६२०, जसपाले १९ हजार ६४२, लोसपाले १२ हजार ३६६, माओवादी केन्द्रले सात हजार ७३७, एमालेले सात हजार ६७९, जनमत पार्टीले तीन हजार ४२, नेकपा (एस) ले दुई हजार २२१, राप्रपाले ७४२ मत ल्याएको थियो ।

सिके राउत, सप्तरी–२
जनमत पार्टीका अध्यक्ष सिके राउत सप्तरी २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनुभएको छ । उहाँको प्रतिस्पर्धा जसपाका अध्यक्ष उपेन्द्र यादव र लोसपाका नेता जेपी ठाकुरसँग रहेको छ । उहाँको यो पहिलो चुनाव भएको कारण मतदातामा एउटा क्रेज र अन्यौलता दुवै रहेको छ उहाँको बारेमा । प्रचार प्रसार र समाजिक सञ्जालमार्फत अलि उहाँले बढी नै हल्ला गर्नुभएको छ । उहाँ सोही हल्लाको आधारमा केही मत पनि ल्याउनु हुन्छ । कतिपयले त उहाँले नै चुनाव जित्ने पनि भनिरहेको छ । तर स्थानीय तहको चुनावमा उहाँका पार्टीका वडाअध्यक्षहरु तीन हजारभन्दा थोरै बढी ल्याएका छन् । जसपा–एमाले गठबन्धनले करिब २० हजार मत ल्याएको छ भने सत्ता गठबन्धनले ३३ हजारभन्दा बढी मत ल्याएको छ । यो हिसाबले गठबन्धनका उम्मेदवार जेपी ठाकुर अगाडि देखिनु भएको छ । तर राष्ट्रिय अध्यक्ष, मधेश आन्दोलनबाट जन्मेको अनुभवी नेता तथा पाँच वर्षको अवधिमा सप्तरीमा विकासका थुप्रै काम गरेको हुनाले उहाँले नै चुनाव जित्ने धेरैले आँकलन गरेको छ । सिके राउतको सम्भावना धेरै कम छ ।

चित्रलेखा यादव, सिरहा–२
प्रतिनिधिसभा अन्तर्गत सिरहा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका उम्मेदवार काँग्रेसका नेता चित्रलेखा यादव हुनुहुन्छ । उहाँको प्रतिस्पर्धा जसपा–एमलोका साझा उम्मेदवार राजकिशोर यादवसँग रहेको छ । चित्रलेखा यादव २०५६ को निर्वाचनमा यो क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । त्यसपछि उहाँले दुई दुई पटक समानुपातिकतर्फबाट संसदमा प्रतिनिधित्व गर्नुभयो ।

स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष पदका उम्मेदवारले पाएको मतका आधारमा सिरहा–२ मा सत्तारुढ गठबन्धनको तुलनामा एमाले–जसपा गठबन्धन बलियो देखिन्छ । सिरहा–२ मा वरियारपट्टी, नवराजपुर, औरही, सुखीपुर र धनगढी नगरपालिकासहित पाँचवटा पालिका छन् । त्यसमध्ये कांग्रेसले वरियारपट्टी र धनगढी नगरपालिका, नवरापुर र औरही गाउँपालिका जसपा र सुखीपुर नगरपालिका एमालेले जितेको छ । यो क्षेत्रमा जम्मा ४१ वटा वडा छन् ।

त्यसमध्ये जसपा–एमाले गठबन्धन र सत्ता गठबन्धनले २०–२० वटा वडा जितेका छन् । सो क्षेत्रमा जसपा–एमाले गठबन्धनका वडाअध्यक्षहरुले ३९ हजार ४५५ ल्याएका छन् भने सत्ता गठबन्धनका वडाअध्यक्षहरुले ३६ हजार ३४ मत ल्याएका छन् । सत्ता गठबन्धन भन्दा जसपा–एमाले गठबन्धनको मत तीन हजार ४२१ ले बढी छ । त्यसले पनि चित्रलेखा यादव त्यहाँ कमजोर रहेको आँकलन भइरहेको छ । तर राष्ट्रिय, अन्तराष्ट्रिय छवी भएको र नेपाली राजनीतिमा योगदान रहेको कारणले जित हासिल गर्ने सम्भावना पनि रहेको धेरैको बुझाई रहेको छ ।

मातृका यादव, धनुषा–१
धनुषा–१ मा प्रतिनिधि सदस्यका लागि माओवादी केन्द्रका सचिव मातृका यादवले सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिनु भएको छ । उहाँको मुख्य प्रतिस्पर्धा जसपा–एमाले गठबन्धनका जसपाका केन्द्रीय सदस्य दीपक कार्की नै हुने देखिएको छ । २०७४ सालको चुनावमा पनि उहाँहरुको बीचमा प्रतिस्पर्धा भएको थियो जसमा मातृका यादवले बाजी मार्नुभएको थियो । यसपाली पनि उहाँले नै बाजी मार्ने दावीहरु भइरहेको छ । कारण उहाँ सत्ता गठबन्धनका उम्मेदवार हुनुहुन्छ ।

त्यतिकै पनि उहाँको धेरै मत छ । अर्को कुरा उहाँ राष्ट्रिय, अन्तराष्ट्रिय छवी भएका व्यक्ति हुनुहुन्छ । मधेशमा उहाँको ठूलो योगदान रहेको छ । स्थानीय तहमा प्राप्त मतको हिसाब गर्ने हो मातृका यादव अन्य उम्मेदवारभन्दा धेरै नै अगाडि हुनुहुन्छ । धनुषा–१ मा जम्मा ४५ वटा वडा छन् त्यसमध्ये पाँच दलीय गठबन्धनले ३५ वटा वडा जितेका छन् । स्थानीय चुनावमा सत्ता गठबन्धनले वडामा ४० हजार ४१८ मत प्राप्त गरेको थियो भने जसपा–एमाले गठबन्धनले २५ हजार ६०१ मत मात्र प्राप्त गरेको थियो ।

सिके राउत नेतृत्वको जनमत पार्टीले तीन हजार ३२० र राप्रपाले चार हजार ९४६ मत ल्याएको थियो । सबभन्दा बढी मत कांग्रेसले १८ हजार ५१४ त्यसपछि माओवादी केन्द्रले १२ हजार ३४३ मत ल्याएको थियो । त्यसपछि लोसपाले ६ हजार ६२४ र नेकपा (एकीकृत समाजवादी) ले दुई हजार ९३७ मत ल्याएको थियो । उता, एमालेले १६ हजार ५८१ र जसपाले नौ हजार २० मत ल्याएको थियो ।

राजकिशोर यादव, सिरहा–२
सिरहा–२ मा जसपाका कार्यकारिणी सदस्य राजकिशोर यादव जसपा–एमाले गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिनुभएको छ । उहाँको प्रतिस्पर्धा सत्ता गठबन्धनका उम्मेदवार काँग्रेसका नेतृ चित्रलेखा यादवसँग रहेको छ । राजकिशोर यादवको आफ्नो चुनावी क्षेत्र सिरहा ४ भए पनि यस पटक भागबण्डाका कारण उहाँ २ नम्बर क्षेत्रबाट उम्मेदवार बन्नु भएको छ । राजकिशोर यादव सिरहा ४ बाट २०६४ को संविधानसभा चुनावमा विजयी हुनुभएको थियो भने २०७० को दोस्रो संविधानसभा चुनावमा पराजित हुनुभएको थियो ।

स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष पदका उम्मेदवारले पाएको मतका आधारमा सिरहा–२ मा चित्रलेखा यादव भन्दा राजकिशोर यादव भारी उम्मेदवार हुनुहुन्छ । सिरहा–२ मा पाँचवटा पालिका छन् । त्यसमध्ये कांग्रेसले वरियारपट्टी र धनगढी नगरपालिका जितेको छ भने नवरापुर र औरही गाउँपालिका जसपा र सुखीपुर नगरपालिका एमालेले जितेको छ । यो क्षेत्रमा जम्मा ४१ वटा वडा छन् । त्यसमध्ये जसपा–एमाले गठबन्धन र सत्ता गठबन्धनले २०–२० वटा वडा जितेका छन् । सो क्षेत्रमा जसपाले मात्र वडामा २१ हजार ९७ मत ल्याएको छ भने एमालेले १८ हजार ३५८ मत ल्याएको छ ।

दुवै दलको मत जोड्दा ३९ हजार ४५५ हुन्छ । त्यस्तै, सो क्षेत्रमा कांग्रेसले १९ हजार ४७४, माओवादी केन्द्रले ११ हजार ६५८, नेकपा एकीकृत समाजवादी पार्टीले तीनहजार ९२३ र लोकतान्त्रिक समाजवादी पार्टीले नौसय ७९ मत ल्याएका छन् । यी सबै दलको मत जोड्दा ३६ हजार ३४ हुन्छ । सत्ता गठबन्धन भन्दा जसपा–एमाले गठबन्धनको मत तीन हजार ४२१ ले बढी छ । राजकिशोर यादव सिरहा ४ बाट आएको कारणले प्रतिपक्षी दल त्यसको प्रचार गरिरहेका छन् तैपनि स्थानीय तहको मतभार अनुसार राजकिशोर यादव जित्ने सम्भावना छ ।

रघुवीर महासेठ, धनुषा–४
धनुषा–४ को प्रतिनिधि सभा सदस्यका लािग एमालेका सचिव रघुवीर महासेठ दिनु भएको छ । सत्ता गठबन्धन कांग्रेसबाट सह–महामन्त्री महेन्द्र यादव, नेकपा (एमाले)बाट सचिव रघुवीर महासेठ र जसपाबाट महाजन यादव पनि सोही क्षेत्रबाट उम्मेदवार बन्नु भएको छ । यसअघि धनुषा–४ बाट ३ पटक निर्वाचित हुनुभएका रघुवीर महासेठ र काँग्रेसका महेन्द्र यादवको बीचमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । एमाले र जसपाबीच चुनावी गठबन्धन भए पनि दुवैको आ–आफ्नै उम्मेदवार छन् । त्यसले गर्दा पनि रघुवीर महासेठ कमजोर देखिनु भएको छ । उहाँका श्रीमती जुली महतो पनि धनुषा ३ बाट उम्मेदवारी दिनु भएको छ । त्यसको पनि आलोचना भइरहेको छ । त्यसले पनि रघुवीर महासेठलाई क्षती पुर्याई रहेको छ । सत्ता गठबन्धन दल कांग्रेस, नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र र लोसपाको मत जोड्दा ३९ हजार ९७७ मत पुग्छन् ।

तर एमालेको मत मात्र साढे २३ हजार रहेको छ । एकल एमल मतको हिसाब गर्दा रघुवीर महासेठको पार्टी एमाले सो क्षेत्रमा धेरै नै अगाडि छ । यस क्षेत्रअन्तर्गत पर्ने पाँचवटा पालिकामध्ये मिथिला नगरपालिका, बटेश्वर गाउँपालिका, लक्ष्मीनिया गाउँपालिका र मिथिला विहारी नगरपालिकामा कांग्रेसले जितेको छ । एमालेले क्षिरेश्वर नगरपालिका र मिथिला नगरपालिकाको उपप्रमुखसहित बहुमत वडा जितेको छ । यो क्षेत्रमा पर्ने पार्टीका वडाध्यक्षहरूले पाएको मतको आधारमा कांग्रेस पहिलो र एमाले दोस्रोमा छन् । तेस्रोमा जसपा र चौथोमा एकीकृत समाजवादी रहेका छन् ।

उमाशंकर अरगरिया, धनुषा–२
धनुषा निर्वाचन क्षेत्र– २ बाट एमालेका नेता उमाशंकर अरगरिया प्रतिनिनिधि सभा सदस्य उम्मेदवार बन्नु भएको छ । सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार रामकृष्ण यादवसँग उमाशंकर अरगरियाको प्रतिस्पर्धा हुनेछ । त्यहाँ जसपाका गंगाराम यादव पनि उम्मेदवार हुनुहुन्छ । उहाँ पनि प्रतिस्पर्धा उम्मेदवार हुनुहुन्छ । उमाशंकर लोसपा छाडेर एमालेमा गएपछि गंगाराम एमाले छाडेर जसपामा गएर टिकट लडी चुनावमा भिड्नु भएको छ । चुनावको मुखमा लोसपा छाडेर एमालेमा प्रवेश गरेका पूर्वमन्त्री अरगरिया २०७४ सालको निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित हुनुभएको थियो ।

पदमा नभएर पनि आफ्नो लगानी तथा चन्दा संकलन गरे विद्यालय, अस्पताल बनाएर सो क्षेत्रमा आफ्नो राम्रो छवि बनाएका गंगाराम यादवबीच चुनावी प्रतिस्पर्धा पनि रोचक हुने अनुमान गरिएको छ ।

स्थानीय तहको मतलाई आधार मान्दा सो क्षेत्रमा सत्तारुढ गठबन्धनका उम्मेदवार रामकृष्ण यादव बलिया देखिनु भएको छ भने दोस्रोमा एमाले र तेस्रोमा जसपा । २०७४ सालको निर्वाचनमा लोकप्रिय मत ल्याएका एमाले उम्मेदवार अरगरिया भने यो निर्वाचनमा पनि राम्रो मत ल्याएर निर्वाचित हुने चर्चा छ । २०७४ सालको निर्वाचनमा अरगरियाले ३२ हजार ४४ मत ल्याउँदा रामचन्द्र झाले १८ हजार ७१५ र रामकृष्ण यादवले १५ हजार ४४२ मत ल्याउनु भएको थियो ।

तपाईको प्रतिक्रिया