बारा मंसिर ५ गते । बारा ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार ज्वालाकुमारी साहले आग्रता लिनु भएको छ । एमालेबाट उम्मेदवार रहनु भएको साहले तीन हजार ३६५ मत ल्याएका छन् भने जनता समाजवादी पार्टी नेपालका उम्मेदवार रामबाबु यादवले तीन हजार २७८ मत ल्याएका छन् । दुवै उम्मेदवार मध्ये ८७ मतले साह अगाडि छिन् ।
यता सत्ता गठबन्धनका उम्मेदवार लालबाबु सिंहले एक हजार ९१५ मत प्राप्त गरेका छन् । मधेस प्रदेशका ८ जिल्लामा एमाले–जसपाबीच गठबन्धन हुँदा बारा ३ मा भने दुवै पार्टीबीच मित्रवत् प्रतिस्पर्धा भएको छ । बारा ३ मा हालसम्म कलैया उपमहानगरको वडा नं १, २, ४, १५, १६ र २१ नम्बर वडामा मतगणना सकिएको छ ।


तपाईको प्रतिक्रिया