सिरहा २ (क)ः जीवछको अग्रता कायमै, विजय यादव ४८१ मतले पछाडि

सिरहा मंसिर ६–सिरहा २ (क) मा माओवादी केन्द्रबाट प्रदेश सभा सदस्यका लागि उम्मेदवार बन्नु भएका जीवछ यादवले आफ्नो अग्रता कायम राखि रहनु भएको छ ।

सिरहा २ औरही गाउँपालिकाको १ र ३ नम्बर वडाको मतगणना हुँदा माओवादी केन्द्रका नेता जीवछ यादव १६७३ मत ल्याउनु भएको छ भने जनता समाजवादी पार्टीका उम्मेदवार विजय यादवले ११९२ मत ल्याउनु भएको छ । जनमत पार्टीका संजय यादवले १०२० मत ल्याउनु भएको छ ।

जसपाका विजय यादव मधेश प्रदेश सरकारका कृषि मन्त्री हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया