बारा मंसिर ७ गते । बारा क्षेत्र नम्बर ४ (ख) बाट प्रदेश सभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य जितेन्द्र सोनल निर्वाचित हुनु भएको छ ।
लोसपा मधेश प्रदेश समितिका अध्यक्ष समेत रहनु भएका नेता सोनाल पाँच दलीय सत्ता गठबन्धनका साझा उम्मेदवार हुनुहुन्थ्यो ।
उहाँले् १२ हजार १८१ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टी नेपालका नेता आत्माराम साहले सात हजार ६०९ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार उमेश कुश्वाहाले छहजार ४८० मत प्राप्त गर्नुभएको छ ।
तपाईको प्रतिक्रिया