Khadya Bibhag

तराई मधेशमा आलु खेती

आलु तराई तथा भित्री मधेशको एक प्रमुख नगदे तरकारी बाली हो आज भन्दा ३० वर्ष पहिलेसम्म नगन्ने रुपमा आलु खेती गरिने तराई भू–भाग हाल नेपालको आलु खेती गरिने कुल क्षेत्रफल एकलाख ९० हजार २५० हेक्टरको ३७ प्रतिशत भू–भाग यसैमा पर्दछ । यहाँ दिन प्रति दिन खेतीको विस्तार कार्य भईरहेको छ ।

मध्यमाञ्चलको तराईमा मात्र पनि २२ हजार ६३५ हेक्टरमा खेती भई तीनलाख ५६ हजार ३७ टन उत्पादन भई सरदर प्रति हेक्टर उत्पादन १५.७३ टन पुग्दछ । यो नेपालमा आलु खेती गरिने कुल क्षेत्रफलको १० प्रतिशत भू–भाग पर्दछ । यसरी दिन प्रतिदिन तराई क्षेत्रमा आलु खेतीको विस्तार हुनुमा प्रमुख देन बीउ आलुको नै छ । पहिला पहिला तराईमा गुणस्तरिय बीउ आलु उत्पादन गर्ने प्रविधि थिएन र उच्च पहाड़ी क्षेत्र लेक) बाट हरेक वर्ष बीउ आलु ल्याई खेती गरिने चलन थियो ।

जसले गर्दा समयमा बीउ आलु प्राप्त नहुने, बीउ आलु प्राप्त भएता पनि उपयुक्त उमेरको बीउ नहुने अर्थात शुषुप्तावस्था पुरा नभइसकेको र उपयुक्त जात नहुने कारणले आलु खेती फस्टाउन सकेको थिएन तर हाल बीउ आलु उत्पादन प्रविधिबाट तराईमा कृषककै जग्गामा कृषक आफैले केही उन्नत तरिका अपनाएर स्वस्थ बीउ आलु उत्पादन गर्ने कार्य संभव भएको छ ।

तराईमा प्रायस, आलु खेती गर्ने कृषकहरु आफूसँग भएका आलुहरु मध्य ठूलाठूला साईजका खायनमा बिक्री गरी तथा खानमा प्रयोग गरी समाना आलुका दाना मीडका रूपमा राख्ने गर्छन् । भाइरस रोग लागेका आलुका बोटमा फल्ने आलुका दाना प्रायसः साना हुने र सो रोग बीउबाट सर्ने हुनाले साना बीउ आलुमा भाइरसको प्रबल संभावना पनि हुन्छ । खायन आलु र बीउ आलुको प्लट छुट्टाछट्टै नहुनु तथा कृषि कर्महरुमा पनि कुनै फरक नगर्नाले कडा परिश्रमको बावजुद पनि स्वस्थ बीउ आलु उत्पादन गरी बीउ आलु लगाउन नपाइनाले आशा गरे अनुसार उत्पादन लिन सकेका छैनन् ।

आलु खेतीमा उत्पादनमा असर पार्ने तत्वहरु मध्य २० प्रतिशत भूमिका गुणस्तरिय बीउको रहेको हुन्छ । हाल तराईका पूर्व देखि सुदूर पश्चिमसम्मै सित भण्डारण सुविधा भइसकेकोले आलु खेती गर्न लाग्ने लागतमा ४०–५० प्रतिशत हिस्सा ओगटेको बीउ आलु कृषकले आफै उत्पादन गर्न सकेमा बीउ आलुबाट सर्ने रोगहरु जस्तै कालो खोष्ट, दाद, भाइरस, ऐजेंस खैरो पिप चक्के तथा आलुको पुतली आदिवाट वचाउने मात्र नभइ आलु उत्पादन गर्ने लागतमा समेत कमी ल्याई नाफामुलक आलु खेती गर्नमा सहयोग पुग्दछ । त्यसैले तराईमा क्भभम एयित त्भअजलष्त्रगभ अथवा बीउ आल उत्पादन प्रविधि बाल खेतीको लागि बरदान नै हो ।

तपाईको प्रतिक्रिया