सरकारमा जान लोसपा तयार

काठमाडौँ मंसिर २७ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पाँच दलीय गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ । हिजो बसेको शीर्ष नेताको बैठकले सो निर्णय गरेको हो । लोसपासँग प्रतिनिधि सभामा चारजना सांसद छन् । चारैजना प्रत्यक्षमा जितेका हुन् ।
सरकारमा जाने औपचारिक निर्णय पार्टीको कार्यकारिणी समितिको बैठकबाट गर्ने तय भएको छ ।

तपाईको प्रतिक्रिया