धनुषा मंसर २७ गते । सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशको प्रदेश सभाका लागि संसदीय दलको नेता चयन गर्ने प्रकृया सुरु गरेको छ । सिके राउतले त्यसको बारेमा छलफलका लागि आज जनकपुरका शीर्ष नेताको बैठक बोलाएको छ ।
सो बैठकबाट कसलाई संसदीय दलको नेता, प्रमुख सचेतक, सेचतकलगायतका विषयमा छलफल हुने स्रोतले दावी गरेको छ ।
संसदीय दलका नेता बन्नका लागि सो पार्टीमा थुप्रै आकाक्षी देखिनु भएको छ । उपाध्यक्ष वसन्त कुशवाहा र महासचिव चन्दन सिंहको बीचमा प्रतिस्पर्धा हुने देखिएको छ । स्रोतका अनुसार दुवैजनाले संसदीय दलको नेतामा दावी गर्नुभएको छ ।
त्यसबाहेक सतिश सिंह, संजय यादव, महेश यादव, शम्भुकुमार साहलगायतले पनि दावी गरेको छ । मधेश प्रदेश सरकारमा जाने निश्चित भएको छ । जनमतले सरकारको नेतृत्व गर्ने दावी गर्दै आएको छ । सरकारको नेतृत्व गर्न नपाएपछि राम्रा राम्रो मन्त्रालय लिएर सरकारमा जाने जनमतको तयारी रहेको बुझिएको छ ।
तपाईको प्रतिक्रिया