सरकारले रेशमलाल चौधरीलाई मात्र जेलवाट उन्मुक्ति गरेर थरुहट जनतालाई एहसान गरेको देखाउन चाहेको छ । जो विल्कुल विरोधाभासी कुरो हो । विगतमा पनि ओलीले आफ्नो सरकार बचाउनका लागि यही खेल खेलेका थिए जो सफल भएन ।
–बलराम यादव
नेपाली क्रान्तिको इतिहासमा मधेशमा तीनवटा आन्दोलन भए । पश्चिम मधेशमा थरुहटका उत्पीडित जनताले पहिलो मधेश आन्दोलनपछि राज्यको विभेदपूर्ण नीति विरुद्ध थरुहट आन्दोलन गरें । यता, नेपालका उत्पीडित जनताको अधिकारका विरुद्ध २०७२ मा बन्दै गरेकोÞ संविधानका विरुद्ध संघीयताका पक्षमामा आफ्ना छुट्टै थरुहट–प्रदेशका लागी ‘टीकापुर विद्रोह’ गरे । तर नश्लवादी राज्यसत्ताले थारुहरु माथि अन्याय गर्नुको साथै र रेशमलाल चौधरीलाई घरबार विहिन बनायो ।
रेशम चौधरीको मुद्दा आपराधिक भएपनि यो सारमा राजनीतिक मुद्दा नै हो । टिकापुरको आन्दोलन राजनीतिक अधिकार र पहिचानका लागी भएको थियो ।
आन्दोलनको क्रममा रेशम चौधरी घटनास्थलमा हुनुहुन्थ्यो, या हुनुहुन्थेन त्यो अनुसन्धानको विषय हुनसक्छ । तर थारुहरुले आफ्नो अधिकार र पहिचानका लागी गरेको आन्दोलनमा रेशम चौधरीको त्यहाँ उपस्थिति नभए पनि त्यहाँ नाम मुछिनु ठूलो कुरा हो ।
रेशम चौधरीका लागि राजनीतिक रुपले फाइदा नै गरेको छ । राज्यले जस्तो सुकै भनोस् तर टिकापुर आन्दोलनले रेशम चौधरीलाई जुन सम्मान र उचाई दिएको छ त्यो कसैले दिन सक्दैन । त्यही आन्दोलनका कारण रेशम चौधरी को हुन् भनि सबैले चिनेका छन् ।
त्यही आन्दोलनका कारण रेशम चौधरी अत्याधिक मतले २०७४ मा जितेका हुन् । अहिलेको चुनावमा उहाँका श्रीमतीलाई जिताएको हो । आन्दोलनमा कहिले प्रहरी मारिनु, कहिले जनता मारिनु समान्य कुरा ।
तर यसरी मारिनु राम्रो होइन । धेरै टाढा जानुपर्दैन २०४६ सालको आन्दोलनको क्रममा टेकुमा छजना प्रहरी मारिए । के ती नेपाली जनताका सन्तान थिएनन् ? त्यस्तै माओवादीको जनयुद्धमा १७ हजार मारिएका छन् । चितवनको माड़ी घटना सबैका लागी ताजै छ ।
आज रेशमलाल चौधरीले नागरिक उनमुक्ति पार्टी खोलेर तीन चारवटा सीट लिएर संसदमा जाँदा नेपाली काँग्रेसका सभापति समेत रहनु भएका प्रधानमन्त्री शेरवहादुर देउवाले सत्ताको अंक गणितीय खेलका लागी रेशमलाल चौधरीलाई अध्यादेशमार्फत उन्मुक्ति दिन खोज्दा नेपालका नश्लवादी मेडिया र पहाड़े वुद्धिजीवी र विश्लेषकहरुले रेशमलाल चौधरी अपराधिक व्यक्ति हो भन्दै अध्यादेशको विरोध गर्दैछन् ।
जवकी यी मेडियाले भन्नु पर्दछ कि रेशम चौधरीको रिहाइको साथै साथै उत्पीडित थरुहट जनताको अधिकार पनि संविधान संशोधन गरेर सुरक्षित हुनुपर्छ । रेशम चौधरी रिहाइ हुनुपर्छ त्यसमा कुनै दुईमत छैन तर रेशम चौधरी रिहाईले मात्र थरुहटको समस्य समाधन हुँदैन ।
सबै (पहाड़ी मेडिया र नश्लभेदी राज्यसत्ता) लाई स्मरण रहोस् कि टीकापुरका घटना महन्थ–राजेन्द्र र उपेन्द्रले नै त्यहाँका थारुहरुलाई उस्काएर गरेका थिए


तपाईको प्रतिक्रिया