काठमाडौँ पुस ८ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य केशव झाले पत्रकारको स्वास्थ्य उपचार निशुल्क र उनको बाल बच्चालाई निशुल्क शिक्षा दिनुपर्ने सुझाव दिनु भएको छ ।
नेपाल पत्रकार महासंघको सुर्खेतमा सुरु भएको केन्द्रीय साधारण सभालाई शुक्रवार सम्बोधन गर्दै उनले सो सुझाव दिनुभएको छ ।
पत्रकारको पारिश्रमिक निर्धारण, पत्रकारले गाडी, क्यामरा, प्रेस आदि किन्दा कर छुट तथा यातायातमा समेत सुविधा दिनुपर्ने धारणा उहाँले सो कार्यक्रममा राख्नु भएको हो ।
उत्पीडित जातजाति र समुदायको हकमा पत्रकारले कम आवाज उठाएको गुनासो गर्दै त्यसका लागि पनि कलम चलाउन पत्रकारलाई उहाँले आग्रह गर्नुभयो । फरक प्रसङमा नेता झाले आम जनताले खोजेको परिवर्तन अहिलेको शासकीय स्वरुपबाट सम्भव नभएकाले त्यसको विकल्प खोज्नु पर्ने बेला आएको बताउनुभयो । ं
उहाँले अहिलेको चुनाव अत्यन्तै महँगिएको कारण निर्वाचन प्रणालीमा परिवर्तन नगरी भ्रष्टाचार नियन्त्रण गर्न नसकिने धारण राख्नुभएको छ । अहिलेको सत्ता गठबन्धन टुट्नु नहुने तर्क उहाँले व्यक्तिगत महत्वाकांक्षालाई त्यागेर यहि गठबन्धनले सरकार बनाउनुपर्ने धारणा राख्नुभयो ।
तपाईको प्रतिक्रिया