काठमाडौँ पुस ११ गते । जनमत पार्टीका अध्यक्ष सिके राउत नेपालको राजनीतिबाट विरक्तिनु भएको छ । उहाँ पटक पटक यो राजनीतिबाट सन्यास लिन चाहनु भएको थियो । जनताको मोह मायाले बाँधि राखेको कारण राजनीतिबाट सन्यास लिन नसकेको उहाँले बताउन थाल्नु भएको छ ।
हिजो पुस १० गते सत्ता समिकरणका लागि एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको राजनीतिक संवादबाट उहाँमा राजनीतिबाट वितृष्णा जागेको छ ।
हिजो बालकोटबाट फर्केपछि सिके राउतले आफ्नो फेसबुकमा लेख्नुभयो, ‘सत्ताको पहिलो क्लास आज–पहिलो क्लासमै यति धेरै ज्ञान र वितृष्णा होला जस्तो लागेको थिएन । काँधमा लाखौं जनताको अपेक्षा र जिम्मेबारी नभइदिने हो भने म कतिखेर राजनीतिबाट पनि सन्यास लिइसक्थें होला । तर आफैं जलेर, कालो खरानी बने पनि, उज्यालो पार्नु छ रे ! मेरो नियति । शुभरात्रि ।’
यसरी विरक्तिएको यो पहिलो पटक होइन । राजनीतिमा आउनु भन्दा पहिला पनि उहाँ जोगि भएर हिड्नु भएको थियो । नेपाल–भारतको विभिन्न ठाउँमा डुलेर फर्केपछि उहाँले पुनः पढाईलाई निरन्तरता दिनुभएको थियो ।
राजनीतिमा आएपछि पटक पटक राजनीति छाड्ने मुडमा पुग्नु भएको थियो । तर पार्टी कार्यकर्ताको आग्रहमा उहाँ राजनीतिमै रहनु भएको थियो । उहाँ पटक पटक जेल पर्दा राजनीति नै छाड्ने मन मनाउनु भएको कुरा आफ्ना निकट नेताहरुलाई भन्नुभएको छ । थुनामा र त्यसबाहिर राज्यको दमन सहन नसकेर राजनीति छाडेर फेरि जोगि भएर हिडौं जस्तो पनि भएको थियो । तर जनताको अनुहार, कार्यकर्ताको उत्साह देखेर उहाँ राजनीतिमा फर्किनु भएको हो ।
पछिल्लो समय मूलधारको राजनीतिमा आइसकेपछि उहाँ राजनीति छाड्ने मन बनाई सक्नु भएको थियो । शुद्धतका लागि उहाँ तपोवन पनि जानु भएको थियो । त्यही उहाँले अब राजनीति छाड्ने र अरुलाई जिम्मेवारी दिने मन बनाई सक्नु भएको थियो । तर बाहिर आएपछि सोचेको जस्तो परस्थिति रहेन ।
पार्टी चुनावको तयारीमा लागि सकेको थियो । पार्टीका नेता तथा कार्यकर्ताको आशा र भरोसा सिके राउतमाथि नै थियो । त्यसपछि उहाँ पुनः राजनीतिमा सक्रिय हुनुभयो ।
उहाँले चुनावमा भाग लिनुभयो । आफू पनि जित्नुभयो र प्रदेश सभामा पनि केही सीट जिताउनुभयो । चुनाव सकिए लगतै उहाँ सत्ताको दौडधुपमा लाग्नुभएका सिके राउत हिजो पुस १० गते बालकोटमा देख्नु भएको राजनीतिक घटनाक्रमले गर्दा उहाँमा पुनः राजनीति वितृष्णा जागेको छ । र, राजनीति छाड्ने मनस्थितिमा पुगेको हो तर उहाँले भन्नुभएको छ, ‘ तर आफैं जलेर, कालो खरानी बने पनि, उज्यालो पार्नु छ रे ! मेरो नियति ।


तपाईको प्रतिक्रिया