२०६४ मा मधेश आन्दोलन भइरहँदा त्यसको प्रतिकारमा सर्लाहीका बद्री न्यौपानेले चुरे भावर राष्ट्रिय एकता पार्टी नेपाल गठन गर्नुभएको थियो । त्यही बद्री न्यौपाने अहिले प्रभु साहले पुस १४ गते गठन गर्नु भएको आम जनता पार्टीमा सामेल हुनु भएको छ । मधेशी जनअधिकार फोरम नेपाल जो अहिले जनता समाजवादी पार्टी बनेको छ ।
सो पार्टीले एमालेसँग गठबन्धन गर्दा प्रभु साह र बद्री न्यौपाने एमाले पार्टी छाडेर अहिले आम जनता पार्टी गठन गरेको छ । यहाँसम्म २०७४ मा एमालेका कारण सप्तरीमा भएको मलेठ घटनालाई बद्री न्यौपाने समर्थन गर्दै सो घटनामा उहाँले मधेशी दललाई दोषी देखाउनु भएको थियो । तत्कालिन सरकारले मधेशी दलको आग्रहमा संविधान संशोधनको विधेयक ल्याएपछि एमाले त्यसको विरोधमा थियो । बद्री न्यौपानले पनि पत्रकार सम्मेलन गरेर नै त्यसको विरोध गर्नुभएको थियो । पछि बद्री उहाँले चुरे भावर लिएर केपी शर्मा अोली नेतृत्वको एमालेमा प्रवेश नै गर्नुभएको थियो ।
बद्री न्यौपाने त्यतिबेला एमालेमा प्रवेश गर्नुभयो, जतिबेला एमालेले मधेश आन्दोलनलाई गाली गरिरहेको थियो । एमालेका अध्यक्ष ओलीले मधेश आन्दोलनप्रति नकारात्मक टिकाटिप्पणी गरिरहनु भएको थियो । त्यतिबेला बद्री न्यौपाने एमालेमा प्रवेश गर्नुभएको थियो । र, जतिबेला जसपा (फोरम) र एमालेले गठबन्धन बनाए त्यतिबेला बद्री न्यौपाने सो पार्टी छाडेर हिड्नु भयो ।
यसरी हेर्दा जसपा अर्थात मधेशी जनअधिकार फोरम नेपालसँग बद्री न्यौपानेको दुश्मनी आजको मात्र होइन, २०६४ साल देखिको हो । तत्कालिन फोरमको अगुवाईमा भएको मधेश आन्दोलनमार्फत मधेशी जनताले आफ्नो हक, अधिकार र पहिचानका लागि सकडमा संघर्ष गरिरहेका थिए ।
त्यसको विरुद्धमा बद्री न्यौपानेले चुरे भावर पार्टी गठन गर्नुभएको थियो । सोही पार्टीमार्फत आन्दोलनकारीमाथि प्रतिकार गराउने काम उहाँले गर्नुभएको थियो । ठाउँ ठाउँमा मधेशका आन्दोलनकारी र चुरे भावर पार्टीका कार्यकर्ताको बीचमा झडप पनि हुन्थ्यो । भनिन्छ, मधेशको आन्दोलन समाप्त गर्नका लागि तत्कालिन सरकारले नै बद्री न्यौपानेलाई चुरे भावर पार्टी गठन गर्न लगाएको थियो ।
माओवादीको जनयुद्धको समयमा तत्कालिन सरकारले जसरी ठाउँ ठाउँमा प्रतिकार समूह गठन गर्न लगाएको थियो । त्यसरी नै मधेश आन्दोलनको समयमा बद्री न्यौपानेलाई अघि सारेको थियो ।
मधेशी आन्दोलनकारीमाथि चुरे भवरको कार्यकर्ताले प्रतिकार गरिरहँदा त्यसमा सरकारको अप्रत्यक्ष सहयोग रहेको प्रत्यक्ष देखिएको थियो । आन्दोलनकारीमाथि चुरे भवरका कार्यकर्ताले ढुगांमुढा गरिहँदा प्रहरीले पनि साथ दिइरहेको प्रत्यक्ष देखिएको थियो ।
जहाँ आन्दोलनकारीमाथि राज्यबाट दमन भइरहेको थियो । त्यही राज्यले बद्री न्यौपानेलाई सुरक्षा दिइरहेको थियो । संविधान सभाको चुनावपछि बनेको सरकारमा उहाँ मन्त्री पनि बन्नुभएको थियो । त्यही बद्री न्यौपाने अहिले पनि जसपाको विरुद्धमा आम जनता पार्टी गठन गर्नुभएको छ ।
तपाईको प्रतिक्रिया