Khadya Bibhag

जसपा पराजितको १० कारण

काठमाडौं माघ ३ गते । हालै सम्पन्न निर्वाचनमा जनता समाजवादी पार्टी, नेपालले अपेक्षाकृत परिणाम ल्याउन नसकेको निष्कर्ष निकालेको छ

राजनीतिक समितिको बैठकका निर्णयहरु सर्कुलर गर्दै पार्टीले निर्वाचनमा व्यहोरेको निराशाजनक परिणामका १० कारण रहेको निष्कर्ष निकालेको छ ।

मधेश प्रदेशमा आफ्नो नेतृत्वमा रहेको सरकारले प्रभावकारी भूमिका निर्वाह गर्न नसक्नु, भएका कार्यहरुबारे जनताबीच पुर्याउन नसक्नुको कारण निर्वाचनमा जसपा कमजोरी रहेको निष्कर्ष निकालेको छ ।

पार्टीले लिएको नीति, विचार र सिद्धान्त तथा अग्रगामी परिवर्तनका मुद्दाहरु जनताबीच स्थापित गर्न र जनतालाई संगठीत गर्न नसक्नु पनि निर्वाचनमा जसपा कमजोर हुनु रहेको बताइएको छ ।

संगठनात्मक शक्तिको कमजोरी, साधन स्रोतको अभाव, उम्मेदवारी चयनमा त्रुटी, विगत दुई वर्षदेखि पार्टीभित्र उत्पन्न भएको आन्तरिक द््वन्द, पटक पटकको पार्टी विभाजन, देशभित्र आन्तरिक तथा बाह्य शक्तिहरुको चलखेल, पार्टीभित्र आन्तरिक अनुशासनको कमी र केही अराजक र अनुशासनहीन नेतृत्वका कारण जसपा निर्वाचनमा कमजोर भएको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया