Khadya Bibhag

लगनशिलता र मेहनतले सफलता हात पर्नुभएको पुनम दास

गाउँकै शिक्षक प्रमोद शर्मा कहाँ ट्युशन पढ्नु हुन्थ्यो उहाँ । शिक्षक प्रमोदका श्रीमती अर्चना ठाकुरले आफ्नो घरमा रंगीचङ्गी चित्र (पेन्टिङ) गरिरहनु भएको हुन्थ्यो । सो पेन्टिङले पुनमको ध्यान तानेको थियो ।

रामएकवाल दासले आफ्ना श्रीमती पुनमकुमारी दासलाई २०० रुपियाँ दिएर बजारबाट माछा ल्याएर खाजा पकाउनु भनेर कार्यालय जानुभयो । कार्यालयबाट खाजा खान कोठा आउँदा पुनम दासले माछा ल्याउनु भएको थिएन । उहाँले घरमा बसेर एउटा कपडामा चित्र कोरिरहनु भएको थियो । माछा नल्याएको करण रिसमा रहनु भएका रामएकवालले त्यो पुनमको त्यो चित्र हेर्दा माछाको रिस हरायो ।

पुनम माछा खोइ ? पुजा दासको श्रीमानले सोध्नु भएको थियो । अलिअलि डराउनु भएका पुनम त्यसको जवाफमा लजाउँदै भन्नुभयो, ‘माछाको पैसाले मैले पेन्टिङका लागि कलर, कपडा र ब्रस खरिद गरेर ल्याए, माछा किन्न सकिएन सरी ।’ ‘आप तो बडा छुपा रुस्तम निकला’ पुनमले तयार पार्नुभएको चित्रकलाको प्रशंसा गर्दै उहाँले गर्नुभएको थियो ।
पुनम दासले त्यो दिन माछाको साट्टा रोटी र तरकारी पकाएर आफ्नो श्रीमानलाई खुवाउनु भएको थियो ।

रोटी र तरकारी खाँदै रामएकवालले पुनमलाई सोध्नुभयो, ‘तपाई यस्तो चित्र बनाउने काम कहाँ कसरी सिक्नुभयो, हामीलाई तपाईको यस्तो कलाको बारेमा केही थाह थिएन ।’ पुनमले कहाँ कसरी–कसरी सिक्नुभयो, कस्ता कस्ता पेन्टिङ बनाउनु भयो ती सबै कुरा विस्तारपूर्वक रामएकवाललाई सुनाउनु भएको थियो ।

पुनमले भन्नुभएको थियो, ‘मलाई केही दिन अझै त्यहाँ (माइती) मा रहन दिनुभएको भए म अझै राम्रो सिकेर आउथे ।’ त्यसपछि उहाँका श्रीमानले अहिले पनि केही बिग्रेको छैन, जानुस् अझै केही दिन सिकेर आउनुस् भनेर पुनमलाई माइती पठाई दिनुभयो । केही दिनपछि पुनम आफ्नो माइती जानुभयो ।

पुनमको माइती भारतको विहारमा थियो । त्यहाँ एक महिना चित्रकला सिकेर फर्कदा चित्र बनाउने कागज, कलर, ब्रसलगायत चाहिने समाग्रीहरु खरिद गरेर पनि साथमा ल्याउनुभयो । फुर्सदको बेला आफ्नो घरमा पनि चित्र बनाउन थाल्नुभयो । घरको सबै काम सकाएर जतिखेर पनि पेन्टिङ नै बनाउन थाल्नु भएको कुरा उहाँका सासु, ससुरालाई मन परेको थिएन । यस्तो कही पेन्टिङ हुन्छ, यस्तो त जसले पनि बनाउन सक्छन् भन्दै उहाँका सासु–ससुराले भन्ने गर्नुहुन्थ्यो । तर पुनमले आफ्नो सासुलाई कन्भिन्स गरेर पेन्टिङको महत्व सम्झाउनु हुन्थ्यो ।


त्यही पुनम दास आज मिथिला चित्रकलाका लागि राष्ट्रिय रुपमा परिचित हुनुभएको छ । उहाँको कलाको प्रशंसा नेपालमा मात्र होइन, जर्मनी, अष्ट्रेलिया, अमेरिका, फ्रान्स, जपानलगायतका देशमा पनि भइरहेको छ । उहाँँले सन् २०१२ देखि हालसम्म छवटा एकल चित्रकाला प्रदर्शनी गरिसक्नु भएको छ भने विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रदर्शनीमा भाग पनि लिनुभएको छ ।

कक्षा ८ देखि नै पेन्टिङ
यो मञ्जिल हांसिल गर्नका लागि पुनमले कम्ती संघर्ष गर्नुपरेको छैन । भारत विहार मधुवनी सेलीबेली गाउँका पुनम भीएस उच्च विद्यालय नरारमा आठ कक्षामा अध्ययन गर्दा नै पेन्टिङ गर्न सुरु गर्नुभएको थियो । हुन त सानैदेखि घरका भित्ता तथा आँगनमा चित्र बनाउनमा उहाँको रुची थियो । तर चित्रकार नै बन्छु भनि उहाँको सोच कहिले बनेको थिएन ।

यस्तो कही पेन्टिङ हुन्छ, यस्तो त जसले पनि बनाउन सक्छन् भन्दै उहाँका सासु–ससुराले भन्ने गर्नुहुन्थ्यो । तर पुनमले आफ्नो सासुलाई कन्भिन्स गरेर पेन्टिङको महत्व सम्झाउनु हुन्थ्यो ।

गाउँकै शिक्षक प्रमोद शर्मा कहाँ ट्युशन पढ्नु हुन्थ्यो उहाँ । शिक्षक प्रमोदका श्रीमती अर्चना ठाकुरले आफ्नो घरमा रंगीचङ्गी चित्र (पेन्टिङ) गरिरहनु भएको हुन्थ्यो । सो पेन्टिङले पुनमको ध्यान तानेको थियो । यस्तै पेन्टिङ आफूले पनि गर्न पाए हुन्थ्यो भनि पुनमको मनमा लाग्यो । त्यसपछि अर्चनाको नजिक हुन थाल्नुभयो ।

उहाँले रंग र कुचो खेलाउन थाल्नुभयो । विस्तारै विस्तारै पुनमले अर्चना ठाकुरलाई सघाउन थाल्नभुयो । पुनम त्यसपछिका दिनहरुमा जहिले पनि ट्युशनको समयभन्दा एकघण्टाअघि नै त्यहाँ पुग्नु हुन्थ्यो । पेन्टिङ बनाउनमा अर्चनालाई सहयोग गर्नुहुन्थ्यो । अर्चनाले भनेको कुरा मान्नुहुन्थ्यो । अर्चनाले पनि पुनमलाई चित्रकला सिकाउन थाल्नुभयो ।

अर्चनाले पेन्टिङका लागि अह्राएको काम गर्दै गएपछि विस्तारै विस्तारै पुनमको हात बस्न थाल्यो । पुनमको त्यसैमा मन लाग्न थाल्यो । प्रमोद सर कहाँ ट्युशन र अर्चना म्याडम कहाँ पेन्टिङ सँगसँगै गर्न थाल्नुभयो । उहाँले भन्नुभयो, ‘म पेन्टिङमा समय दिन थालेपनि पढाईमा मेरो कुनै डिस्टर्ब भएन ।’ पुनमले घरमा पनि पेन्टिङ गर्न थाल्नुभएको थियो । त्यो हेरेर उहाँका आमा बुवाले पढाई लेखाई छाडेर यो के गर्न थालेको, गर्नु पर्दैन यस्ता कामहरु भन्नुहुन्थ्यो । पुनमको पढाई बिग्रिन्छ कि भनि चिन्ता थियो ।

तर पुनमले आमा बुवालाई कन्भिन्स गरेर त्यसलाई निरन्तरता दिनुहुन्थ्यो । गाउँघरमा हुने पुजा पाठ, विवाह, ब्रतबन्धनहरुमा पुनमलाई चित्र बनाउनका लागि बोलाउन थाले । अर्पणहरु बनाउनु पथ्र्यो भने सबैले पुजालाई नै खोज्न थाले । अर्चना ठाकुरले कहिले काही पुनमलाई दुई चारसय रुपियाँ पनि दिनुहुन्थ्यो । किन र कहाँबाट दिनुहुन्थ्यो त्यो बेला पुनमलाई थाह थिएन । पुनम दास भन्नुहुन्छ, ‘सायद मैले बनाएका पेन्टिङहरु बिक्रि हुँदा अलिकति मलाई चकलेट सकलेट खानका लागि दिनुहुन्थ्यो कि । त्यतिबेला मलाई थाह थिएन कि पेन्टिङ पनि बिक्रि हुन्छ । तर त्यतिबेला मेरो लागि त्यो नै धेरै थियो ।’

पेन्टिङ बनाएर पैसा कमाउनेतिर पुनमको कहिले ध्यान गएन । उहाँलाई पेन्टिङ बनाउन राम्रो लाग्थ्यो र उहाँले रात रातभर जागेर पेन्टिङ बनाउनु हुुन्थ्यो । घरमा टाँस्नु हुन्थ्यो छरछिमेकलाई त्यतिकै दिनुहुन्थ्यो । पछि पेन्टिङमा राम्रो गर्दै गएपछि पुनमका आमाबुवा पनि त्यसमा चासो लिन थाल्नु भएको थियो ।

मेट्रिकपछि विहे
पुनम दास १० कक्षा पास गरेपछि उहाँको विहे नेपालमा महोत्तरी पिपरा गाउँपालिका रामएकवाल दाससँग सन् २००१ मा भएको थियो । पुनमका सानीआमा रेशमा दासले यो विहेको जाँचोपाँजो मिलाउनु भएको थियो । पुनम विहे गरेर आएपछि पनि घरमा तान्ना, सिरानी खोलहरुमा उहाँले चित्र बनाउनु हुन्थ्यो । तर त्यसप्रति कसैले ध्यान दिएन, कसैले वास्ता गरेनन् ।

नयाँ नयाँ दुल्हीहरु यस्ता चित्र बनाउने कार्य गाउँघरतिर समान्य भइसकेको छ । घर आँगन लिपपोत गर्दा उहाँले त्यहाँ चित्रहरु बनाएर सजाउनु हुन्थ्यो । तैपनि पुनमको कलाको पहिचान भइरहेको थिएन । १० कक्षासम्म पढ्नु भएका पुनमलाई अझै पढ्ने इच्छा थियो तर घरका अन्य सदस्यलाई पढाउने मन थिएन । उहाँका श्रीमानले पनि पढाईमा ध्यान दिनुभएको थिएन । पुनमलाई पेन्टिङमा केही गर्छु भन्दा पढाई लेखाई गरेर गर्ने इच्छा थियो । पेन्टिङ उहाँको सौख जस्तो थियो । रमाइलोको लागि थियो, यसरी पेसा नै बन्छ भनि उहाँलाई थाह थिएन ।

त्यो गाउँमा सबभन्दा बढी पढे लेखेका बुहारी पुनम नै हुुनुहुन्थ्यो । सरकारी कोटामा शिक्षिकाको तालिमका लागि एउटा अवसर आयो । तालिम दिनेहरु उहाँलाई खोज्दै घरसम्मै पुगेका थिए । श्रीमानले तालिम गराउनमा राजि हुनुभयो । घरमा आमाबुवालाई पनि कन्भिन्स गरेर पुजालाई तालिमका लागि जनकपुर पठाउनुभयो । घरबाट आउजाउ गरि पुनमले २२ महिने तालिम सकाउनुभयो ।

तालिम लिएपनि घरपरिवारले कलेज पढ्न दिएन । जब कि पुनमको इच्छा कलेज पढ्ने थियो । त्यसपछि पुनमका बुवा नन्देश्वर दासले भारतकै एउटा कलेजमा इन्टरमा नाम लेखाई दिनुभएको थियो । छोरी पढोस् भनि इच्छा उहाँको बुवाको थियो तर सासुरमा त्यो वतावरण नदिएको देखेपछि आफैले नाम आइडमिसन गराई दिनुुभएको थियो । पुनमले कलेज गएर कहिले पढ्न पाउनु भएन ।

‘सायद मैले बनाएका पेन्टिङहरु बिक्रि हुँदा अलिकति मलाई चकलेट सकलेट खानका लागि दिनुहुन्थ्यो कि । त्यतिबेला मलाई थाह थिएन कि पेन्टिङ पनि बिक्रि हुन्छ । तर त्यतिबेला मेरो लागि त्यो नै धेरै थियो ।’

माइतबाट पठाइ दिएको किताब तथा नोट्सहरु अध्ययन गर्नुहुन्थ्यो । परीक्षा दिनका लागि मात्र जानुहुन्थ्यो । उहाँ सुरुदेखि पढाईमा राम्रो भएको कारण इन्टर पास गर्न उहाँलाई गाह्रो भएन । सेल्फ स्टडीबाट उहाँले सन् २००५ मा इन्टर पास गर्नुभयो ।

लोकसेवाको तयारी
इन्टर पास गरेपछि रामएकवाललाई पनि मनमा आयो कि होइन, पुनमलाई पढाउनुपर्छ, यसलाई अगाडि बढाउनुपर्छ । त्यसपछि उहाँले पुनमलाई लोकसेवाको तयारी गर्न लगाउनुभयो । खरिदार पदमा फर्म पनि भर्नु लगाउनु भयो । परीक्षा पनि दिनुभयो तर उहाँले पास गर्नुभएन । पुनम दास भन्नुहुन्छ, ‘म भारतबाट पढेका कारण मलाई परीक्षामा भाषाको निकै समस्या भयो, नेपालको विषयवस्तु मेरो लागि निकै गाह्रो थियो । त्यसैले म पास गर्न सकिन ।’

पुनमले बच्चा पाएपछि झन घरमै बस्नुपर्ने अवस्था आयो । बाहिर कतै केही गर्न पाउनु भएन । बच्चा ठूलो भएपछि उहाँका श्रीमान रामएकवालले नै पुनमलाई ब्याचलर पढ्नका लागि भन्नुभयो । ‘पढ्न त म पढ्छु तर घरबाट सधै जनकपुर गएर पढ्न सकिदैन । पढाउनु हुन्छ भने त्यही कोठा भाडा लिएर पढ्ने व्यवस्था मिलाई दिनुहोस् ।’ भनि पुनमले आफ्नो श्रीमानलाई भन्नुभएको थियो । पुनमका श्रीमानले पनि उहाँका लागि जनकपुरमै बस्ने व्यवस्था मिलाई दिनुभयो । पुनम आफ्नो बालबच्चासहित जनकपुरमा बस्न थाल्नुभयो ।

पेन्टिङ बेचेर एक बोरा चामल
पुनमले त्यहाँ रात्रीकालिन कलेजमा नाम लेखाउनुभयो । पुनम रात्रीको कलेज पढ्नुहुन्थ्यो दिनमा सिलाई कटाईको तालिम लिनुहुन्थ्यो र बाँकी समय डेरामा चित्र कोर्नुहुन्थ्यो । त्यतिबेलासम्म उहाँको प्राथमिकतामा पेन्टिङ परेको थिएन । पढाई लेखाई गरेर कही कतै जागिर गर्ने उहाँको सोच थियो । त्यसका लागि उहाँले ट्राई पनि गरिरहनु भएको थियो ।

एउटा एनजीओले सिलाई, कटाइका साथ मिथिला पेन्टिङको पनि तालिम दिने कार्यक्रम सञ्चालन गरेको थियो । मिथिला पेन्टिङ गर्न आइ नै रहेकोछ भन्दै सिलाई सिक्नका लागि उहाँले फर्म भर्नुभयो । तर मिथिला पेन्टिङ सिकाउने मास्टर नै आइदिएन । त्यसपछि एनजीओवालाले पुनमलाई नै केही दिन पेन्टिङको क्लाश लिइ दिनका लागि आग्रह गरेका थिए । पुनम आफू त्यहाँ सिलाई कटाई सिक्नुको साथै त्यहाँ आउने विद्यार्थीलाई मिथिला पेन्टिङ पनि सिकाउन थाल्नुभएको थियो ।

पुनमले आफ्नो पहिलो कमाईबाट यसरी हातमा मोवाइल परेपछि निकै खुशी हुनुभएको थियो । त्यो बेलासम्म पनि उहाँले चित्रकालालाई पेसा बनाउने सोच्नु भएके थिएन । बीएडको पढाईलाई निरन्तरता दिनुभएको थियो ।

पछि पेन्टिङ सिकाउनका लागि रामरतन साह आउनुभयो । पुनमले विद्यार्थीलाई सिकाउँदा बनाएका पेन्टिङ हेरेर रामरतन साहले भन्नुभयो, ‘तपाईले बनाएका चित्रहरु धेरै राम्रा छन्, यसलाई बेच्न सकिन्छ, जानकी मन्दिर वरिपरी रहेका पसलहरुमा गएर बेच्नुस् विक्रि पनि हुन्छ ।’

त्यसको दुई तीन दिनपछि पुनमले आफूले बनाएको पेन्टिङहरु लिएर जानकी मन्दिर जानुभयो । त्यहाँ रहेका ह्याण्डिक्राफ्टका पसलहरुमा सम्पर्क गर्नुभयो । पसलबालाले उहाँको पेन्टिङ खुशीका साथ खरिद गरिदिए । अरु पेन्टिङ छ भने लिएर आउनुस्सम्म पनि भने । पुनमले त्यसको कल्पना समेत गर्नुभएको थिएन । त्यही दिन २०० को दरले उहाँका ४–५ वटा पेन्टिङ विक्रि भए । पहिलो पटक यसरी आफैले बनाएको पेन्टिङ विक्रि भएर हातमै रकम आइसकेपछि पुनमको खुशीको सीमा थिएन ।

उहाँले त्यो दिन मात्र थाह पाउनुभयो कि पेन्टिङ पनि विक्रि हुन्छ । उहाँले त्यो पैसाले एक बोरा चामल किन्नुभयो । र, यो खुशी काठमाडौँमा रहनु भएका आफ्नो श्रीमानसँग साट्नुभयो । उहाँको श्रीमानलाई पनि यो कुराको जानकारी थिएन । पुनमलाई भन्नुभयो, ‘म यहाँ काठमाडौँको ठमेलमा गएर मिथिला पेन्टिङको बारेमा बुझेर घर आउँछु अनि सल्लाह गरौला ।’ पुनमको श्रीमान रामएकवाल ठमेलमा गएर मिथिला पेन्टिङको मार्केटबारे जानकारी लिनुभयो ।

साँच्चै मिथिला पेन्टिङ्गको ठूलो महत्व रहेछ भनि थाह पाएर उहाँ घर फर्किनुभयो । घर आएर रामएकवालले पुनमका केही पेन्टिङहरु लिएर काठमाडौँ फर्किनु भयो । तीन चारवटा पेन्टिङ ठमेलमा लगेर बेच्नुभयो । जुन पेन्टिङ जनकपुरमा दुईसयमा विक्रि भएकोे त्यही पेन्टिङ ठमेलमा सात सयमा विक्रि भयो । रामएकवालले यो खुशीको कुरा पुनमलाई सुनाउनु भयो ।

पुनम दास भन्नुभयो, ‘ठमेलमा पेन्टिङ बिक्रि भएको कुरा श्रीमानले सुनाएपछि मेरो खुशीको सीमा थिएन, जनकपुरमा बिक्रि हुँदा जति म खुशी थिए त्यो भन्दा बढ्ता खुशी मलाई लागेको थियो ।’ त्यो पैसाबाट रामएकवालले पुनमको लागि एउटा साधारण मोवाइल किनेर पठाई दिनु भयो । पुनमले आफ्नो पहिलो कमाईबाट यसरी हातमा मोवाइल परेपछि निकै खुशी हुनुभएको थियो । त्यो बेलासम्म पनि उहाँले चित्रकालालाई पेसा बनाउने सोच्नु भएके थिएन । बीएडको पढाईलाई निरन्तरता दिनुभएको थियो ।

काठमाडौँको यात्रा
श्रीमानको सल्लाहमा पुनमले एक वर्षसम्म लगातार पेन्टिङ मात्र बनाउनुभयो । पेन्टिङ बनाएर थन्काउँदै राख्दै गर्नुभयो । आफ्नो पेन्टिङ प्रदर्शनी गर्ने सोचले त्यसरी पेन्टिङ बनाउन थाल्नुभएको थियो । एक वर्षसम्म पेन्टिङ तयार गरेपछि पुनम काठमाडौँ जानुभयो । काठमाडौँमै बस्नेगरि उहाँले जनकपुर छाड्नु भएको थियो । सबै पेन्टिङ लिएर काठमाडौँ जानुभएका पुनम आफ्नो श्रीमानसँग पुरानो नैकापमा बस्न थाल्नुभएको थियो ।

पुनमले आफ्नो पेन्टिङ लिएर श्रीमानको साथमा ठमेल जानुभयो । आफ्नो पेन्टिङ पसलहरुमा देखाउँदै हिड्नुभएको थियो । त्यही क्रममा कला समिक्षक एवं लेखक मुकेश मल्लसँग एउटा पसलमा उहाँहरुको भेटभयो । पुनमको पेन्टिङलाई मुकेशले निकै प्रशंसा गर्नुभएको थियो । मुकेशले ललित कला प्रज्ञा प्रतिष्ठानमा गएर शारदा चित्रकारलाई भेटन सुझाव दिनुभएको थियो । मुकेशले नम्बरहरु समेत उपलब्ध गराई दिनुभएको थियो । त्यो दिन पुनम डेरा फर्किनुभएको थियो । तीनचार दिनपछि मुकेशको सुझावअनुसार शारदा चित्रकारलाई भेट्न पुनम दास ललित कला प्रतिष्ठान जानुभयो ।

त्यहाँ उहाँले आफूले गरेको मिथिला पेन्टिङहरु देखाउनुभयो । शरदालाई पुनमका पेन्टिङस् मन परेको थियो । ‘तपाईका थुप्रै पेन्टिङहरु राम्रा छन्, यसलाई प्रदर्शनीमा राख्नुपछ’ भनि सल्लाह उहाँले दिनुभएको थियो । त्यसपछि प्रदर्शनी कहिले हुन्छ भनि पुनम दास त्यसको प्रतिक्षामा बस्नुभयो ।

‘ठमेलमा पेन्टिङ बिक्रि भएको कुरा श्रीमानले सुनाएपछि मेरो खुशीको सीमा थिएन, जनकपुरमा बिक्रि हुँदा जति म खुशी थिए त्यो भन्दा बढ्ता खुशी मलाई लागेको थियो ।’ 

पुनमलाई काठमाडौँमा भाषाको कारण निकै समस्या भइरहेको थियो । उहाँ एक्लै कतै निस्कन मानि रहनुभएको थिएन । जहाँ पनि श्रीमानलाई नै साथ लिन चाहनु हुन्थ्यो । यहाँसम्म कि पसलमा गएर एउटा समान किन्न पनि उहाँलाई गाह्रो भइरहेको थियो । केही दिन उहाँका श्रीमानले साथ दिनुभयो तर पछि तपाई आफै सबै कुरा ह्याण्डिल गर्नुस् भनेर छाड्नु भएको थियो । पुनमले कोशिस गर्नुभयो, भाषा सिक्नुभयो ।

त्यहाँका समाजमा घुलमिल हुँदै जानुभयो । जनकपुरमै हुँदा पुनमलाई बीएडमा एउटा ब्याक थियो । काठमाडौँमै पढेर जनकपुरमा परीक्षा दिइ उहाँले बीएड पास गर्नुभयो । काठमाडौँको सुरुवातमा पनि पुनमले पेन्टिङलाई प्राथमिकतामा राख्नुभएको थिएन । जागिर गरेर नै केरियर बनाउने सोच थियो उहाँको । तर उहाँ पेन्टिङतिर नै लम्किदै हुनुहुन्थ्यो ।


शरदालाई भेटेको ५–६ महिनापछि एउटा प्रदर्शनी भयो । त्यसमा पुनमले पनि आफ्नो पेन्टिङ राख्ने हुनुभयो । त्यसमा उहाँको श्रीमानले गोदनाबाला पेन्टिङ राख्न सुझाव दिनुभएको थियो । तर पुनमको चाहना रंगीचङ्गीबाला राख्ने थियो । पुनमले आफ्नै च्वाइसका पेन्टिङ त्यो प्रदर्शनीमा राख्नुभयोे । सो प्रदर्शनीमा उहाँको दुईटा पेन्टिङग विक्रि भयो । एउटा तीन हजारमा र अर्को १५ सयमा । पहिलो प्रदर्शनीमा नै उहाँको पेन्टिङ यसरी विक्रि हुँदा पुनम निकै खुशी हुनुभएको थियो । उहाँको हौसला झन बढ्यो ।

त्यसपछि एउटा राष्ट्रिय प्रदर्शनी भएको थियो । धेरै विक्रि हुन्छ भनेर त्यसमा पुनमले आफ्नो श्रीमानलगायत अन्यको नामबाट पनि पेन्टिङ राख्नुभएको थियो । पछि उहाँलाई रिलाइज भयो कि यो मैले ठूलो गल्ती गरेको रहेको छु । त्यसरी अरुको नामबाट राख्नु हुँदैन्थ्यो, उहाँले भन्नुभयाृे, ‘त्यो त चिटिङ हो, कला प्रेमीलाई ठग्ने काम हो जसले पेन्टिङ गर्छ उसैको नाम त्यसमा हुनुपर्छ भनि म पछि मात्र थाह पाए ।’ त्यसपछि पनि उहाँको तीन चारवटा पेन्टिङ विक्रि भएको थियो ।

तेस्रो प्रदर्शनी भएपछि उहाँले गोदनाको पेन्टिङ राख्नुभएको थियो । त्यो पेन्टिङ सातहजारमा विक्रि भएको थियो । पुनमको खुशीको सीमा थिएन । जुन पेन्टिङलाई पुनमले महत्व दिइरहनु भएको थिएन । घरमा थन्काई दिनुभएको थियो त्यही पेन्टिङलाई धेरैले मन पराउनु भएको थियो र सात हजारमा विक्रि मात्र भएन सो प्रदर्शनीमा पुनमलाई सम्मानका साथ पुरस्कृत पनि गर्यो । त्यो पुरस्कार पनि सात हजारकै थियो ।

‘मैले प्रदर्शनीबाट दैनिक २५–३० हजार रुपियाँ लिएर घर जान्थे, खाना पकाएर खाइसकेपछि रातीमा त्यो पैसा गिन्थे ।’

त्यो पुरस्कारको रकमबाट पुनमले फिल्टर, थाली, कचौरा, जग, चम्चालगायतका किचेनका घरायसी समानहरु किन्नुभयो । त्यसपछि पुनम दिनरात पेन्टिङ बनाउनमै लाग्नुभयो । शरदा चित्रकारले मिथिला चित्रकलाका लागि मिथिलायें आर्ट ग्यालरीका श्यामसुन्दर यादवलाई भेट्न भन्नुभएको थियो । उहाँले नै श्यामसुन्दरको नम्बर पनि दिनुभएको थियो । ठमेलमा रहेको सो ग्यालरीमा श्यामसुन्दरलाई भेट्न जानुभएको थियो तर उहाँ त्यहाँ हुनुहुन्थेन ।
सन्चो नभएको कारण श्यामसुन्दर सानेपास्थित आफ्नो डेरामा हुनुहुन्थ्यो ।

पुनम श्यामसुन्दरलाई भेट्नका लागि उहाँको डेरासम्म पुग्नुभयो । मिथिला चित्रकालाको बारेमा जानकारी लिनुभयो । एकल चित्रकला कसरी प्रदर्शनी गर्नेलगायतका जानकारी दिनुको साथै केही क्याटलगहरु पनि लिएर फर्किनुभयो । त्यसपछिका दिनहरुमा पुनमले श्यामसुन्दरको नियमित सम्पर्कमा बस्न थाल्नुभयो ।

चित्रकालासम्बन्धी कुनै सल्लाह लिनुपर्दा उहाँले श्यामसुन्दुरसँग लिन थाल्नुभयो । उहाँको सहयोगमा पुनम दासले थुप्रै प्रदर्शनीहरुमा भाग लिने मौका पाउनुभयो । पुनम दास भन्नुहुन्छ, ‘मेरो यो सफलतामा श्यामसुन्दरजीको ठूलो हात छ, काठमाडौँमा चित्रकला सम्बन्धीका थुप्रै बाटाहरु उहाँले देखाउनुभयो ।’ चित्रकालामा पुनम दासको राम्रै हुँदै गइरहेको थियो । प्रदर्शनीमा उहाँको चित्रकालाहरु राम्रो विक्रि हुन थाल्यो । त्यसबाहेक पनि कोही कोही डेरामा आएर पनि खरिद गरेर लैजान्थे । कहिले काहीं पेन्टिङ बनाउने अर्डर पनि आउथ्यो । पुनमलाई काठमाडौँमा भ्याइ नभ्याई भयो ।

त्यसपछि उहाँले चित्रकालालाई नै आफ्नो पेसा बनाउने निधोमा पुग्नुभयो । आफूलाई अझै प्रस्कृत गर्नका लागि नरेन्द्र लिम्बुसँग तीन महिनाजति फाइन आर्ट र कलर मिक्सिङ पनि उहाँले सिक्नुभयो ।

एकल चित्रकाला
२०७१ सालमा पुनम दासको पहिलो चित्रकला प्रदर्शन भएको थियो । पाटन म्युजिमियमा एक हप्ताका लागि उहाँले आफनो पेन्टिङ प्रदर्शनीमा राख्नुभएको थियो । दैनिक २५–३० हजार रुपियाँको पेन्टिङ विक्रि हुन्थ्यो । पुनम दास भन्नुहुन्छ, ‘मैले प्रदर्शनीबाट दैनिक २५–३० हजार रुपियाँ लिएर घर जान्थे, खाना पकाएर खाइसकेपछि रातीमा त्यो पैसा गिन्थे ।’ त्यसरी आफ्नो मेहनतबाट कमाएको एकमुस्ट यति रकम पहिलो पटक देखेको बताउँदै उहाँले त्यो प्रदर्शनीबाट दुई लाख रुपियाँको विक्रि भएको बताउनुभयो ।

साना साना पेन्टिङ जो जनकपुरमा दुई सयमा र ठमेलमा सात सयमा बेचेका थिए त्यस्ता पेन्टिङहरु दुई–तीन हजार रुपियाँसम्ममा विक्रि भएको उहाँले बताउनुभयो । त्यसपछि हालसम्म ५–६ वटा चित्रकाला प्रदर्शन गरेको छु, उहाँले भन्नुभयो, ‘पेन्टिङका लागि ममाथि भूत नै सवार भयो, कहिले काही त रात–रातभर पेन्टिङ बनाउँथे रात बितेको पत्तै हुँदैन्थ्यो, कहिले काहीं कुकुर भुक्न थालेपछि मात्र थाह पाउँथे कि धेरै राती भयो अनि सुत्थे । कुनै दिन चाँडै सुतेपछि बिहान ३–४ बजे उठेर पेन्टिङ बनाउँथे ।’

पुरस्कार
पुनम दास ललित कला प्रज्ञा प्रतिष्ठानबाट पुरस्कृत हुनुको साथै नन्दा देवी कला सम्मानबाट पनि सम्मानित हुनुभएको छ । हस्तकल महासंघ र राष्ट्रिय क्षेत्रिय पुरस्कारबाट पनि सम्मानित हुनुभएको छ । उहाँ धनुषा, दाङ, सिरहालगायत विभिन्न ठाउँमा प्रशिक्षक भएर पनि जानुभएको छ । उहाँ थुप्रै वर्कशपमा भाग लिएर मिथिला पेन्टिङको बारेमा बोल्नु भएको छ । उहाँले जनकपुरमा आफै पनि १५ दिनको वर्कशप गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया