‘हुने विरुवाको चिलो पात’ जस्तै हंसाकुमारी साह सानै उमेरदेखि समाजको सेवामा आफूलाई समर्पित गर्नुभयो । सुनसरी बरहा नगरपालिका मधुवन बजारका हंसाकुमारीलाई समाज सेवामा जे आनन्द छ त्यो आनन्द अरु कुनै काममा छैन । उहाँ हाल उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँ राजनीतिमा फुलटाइमर जस्तै हुनुहुन्छ । पार्टीको हरेक मोर्चामा उहाँलाई भेट्न सकिन्छ । पार्टींले गर्ने हरेक गतिविधिमा हंसाको सहभागिता हुन्छ मानौ लाग्छ हंसा पार्टीकै लागि जन्मिनु भएको हो ।
तर उहाँ जसपा नेपालको राजनीतिबाहेक समाजसेवामा पनि लाग्नुभएको छ । राजनीतिमा लागेको कारण उहाँबाट गाउँ समाजको मान्छेले अपेक्षा पनि गरेका छन् । र, सक्ने जति अपेक्षा गर्नेहरुलाई सहयोग गर्नुहुन्छ । पैसाले हुन्छ भने पैसाले भौतिक उपस्थितिले हुन्छ भने भौतिक उपस्थितिले पनि सहयोग गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘कसैले केही सहयोगका लागि भन्छन् भने आजसम्म पछाडि हटेको इतिहास छैन, र, यो बानी मेरो आजको होइन बच्चादेखिको बानी नै हो मेरो ।’ उहाँ अगाडि भन्नुहुन्छ, ‘म राजनीतिमा छु तर मेरो लागि राजनीति पेसा होइन, सेवा हो, किनभने म समाज सेवा, मानव सेवाबाट नै राजनीतिमा आएको हुँ त्यसैले म हरेक कामलाई सेवाको रुपमा लिएको छु ।’
हंसा साहमा यो सेवा भाव आजको होइन, उहाँ कक्षा सात–आठमा पढ्दादेखि नै हो । उहाँ सात कक्षामा पढ्दा नै महिलाहरुलाई पढाउने काम गर्नुहुन्थ्यो । मधेशी महिलालाई कसरी शिक्षित बनाउन सकिन्छ भनि चिन्ताले पार्क पिपुल्स संस्थाको सहयोगमा उहाँले गाउँमा प्रौढ कक्षा चलाउनु भएको थियो । उहाँ मधेशका महिला जो पूर्ण रुपमा निरक्षर थिए, त्यसलाई पढाउनु हुन्थ्यो । उहाँ भन्नुहुन्छ, ‘म सात कक्षामा पढ्दा नै गाउँका महिलाहरुलाई पढाउने काम गरेका थिए, त्यो म पैसा कमाउनका लागि होइन मधेशका महिला शिक्षित होस्, महिलामा चेतना जागोस्का लागि हो ।’

१२ सय तलब
सो संस्थाले हंसालाई महिनाको १२ सय रुपियाँ तलब दिएको थियो । त्यो १२ सय रुपियाँ अरुलाई नै बाँड्नमा नै सकिन्थ्यो । हंसा साह भन्नहुन्छ, ‘संस्थाले १२ सय रुपियाँको महिना दिन्थ्यो, त्यो यतैउतिमा खर्च हुन्थ्यो, कसैलाई कुनै खाँचो पथ्र्यो भने म सहयोग गर्थे, सादी विवाहमा पनि सहयोग गर्थे ।’ कोही दुख वा पिडामा हुन्थ्यो भने हंसा त्यसलाई सहयोग गर्न अघि सर्नुहुन्थ्यो । हंसाको मामा गाउँ पहाडी बाहुल्य क्षेत्र थियो । त्यहाँका मधेशी महिलाहरु निकै पिछडिएका थिए ।
हंसा भन्नुहुन्छ, ‘मलाई कम्प्युट चलाउन, नेपाली–अंग्रेजी दुवै टाइप गर्न आउथ्यो, त्यसैले साइवर चलाउन मलाई कुनै गाह्रो भएन, साइवरमा सबभन्दा बढी चल्ने फोन थियो । सबभन्दा बढी विदेशमा फोन हुन्थ्यो अहिले पनि धेरैजसो देशको कोड नम्बर याद छ ।’
पहाडीले मधेशीमाथि गरेको विभेद उहाँले आफ्नो आँखाले देख्नुभएको थियो । उहाँको मामाको घरमा नोकर पनि थिए । ती नोकरहरुसँग कस्तो व्यवहार हुन्थ्यो त्यो उहाँले आफ्नो आँखाले देख्नुभएको थियो । यी सबका कारण उहाँमा समाज तथा मानव सेवाको भुत सवार भएको थियो ।’ पिछडिएकालाई सहयोग गर्ने, अशिक्षितलाई शिक्षित बनाउने अभियान नै चलाउनु भएको थियो । त्यही भएर उहाँ मधेशी महिलालाई सहयोग गर्न, शिक्षा प्रदान गर्न अघि बढ्नु भएको थियो ।
आफ्नो ट्युशन फि र स्कूल खर्च आफै जुटाउनु हुन्थ्यो हंसाले । उहाँ भन्नुहुन्छ, ‘मेरो स्कूल तथा ट्युशनको फि मेरो घरपरिवारले तिर्न सक्दैन भनेर होइन म काम गर्थे त्यसबाट आउने पैसाले आफ्नो काम चलाउथे ।’ हंसाको परिवार आर्थिक रुपले सम्पन्न नै थियो । उहाँको मामा गाउँका सम्मानित व्यक्ति हुनुहुन्थ्यो । उहाँको बुवा पनि आर्थिक रुपले सम्पन्न नै हुन्थ्यो । उहाँहरुलाई पढाई लेखाइमा कहिले समस्या भएन । तर उहाँले आफ्नो खर्च आफै जुटाउनु हुन्थ्यो ।
मधेशी महिलाहरु साक्षर नभएको कारण ती महिलाहरुलाई निकै गाह्रो हुन्थ्यो ।
त्यो कुरा हंसाले प्रत्यक्ष देख्नुभएको थियो । त्यति मात्र होइन हंसाले महिलाहरुलाई सिलाइ कटाइ पनि सिकाउनु हुन्थ्यो । सात आठ कक्षामा अध्ययन गर्दा नै उहाँ त्यो गाउँमा यति परिचित भइसक्नुभएको थियो कि गाउँमा कुनै कार्यक्रम हुँदा वा कुनै संस्थागत काम हुँदा उहाँलाई बोलाइन्थ्यो । कुनै विदेशी संस्थाका प्रतिनिधि आउँदा हंसालाई नै खोज्ने गरिन्थ्यो । एक पटक एउटा विदेशी संस्थाको प्रतिनिधि त्यो गाउँमा गएको थियो । उहाँहरुसँग कुरा गर्ने कोही नभएपछि हंसालाई बोलाइएको थियो । हंसाले ती टोलीलाई त्यहाँको समाजिक अवस्थाको बारेमा जानकारी दिनुको साथै मधेशी महिलाको अवस्थाको बारेमा पनि ब्याख्या गर्नुभएको थियो ।
त्यो संस्थाको प्रतिनिधिहरुले हंसाको विचार र सक्रियता देखेर भनेका थिए, हामीबाट तपाईहरुले के अपेक्षा गर्नुभएको छ, केही सहयोग गर्नुपर्छ ।’ त्यसको जवाफमा हंसालाई भन्नुभएको थियो, ‘हामीलाई अहिले अरु केही होइन गाउँमा बत्ती भइदिए राम्रो हुन्थ्यो । बत्ती नहुँदा निकै गाह्रो भइरहेको छ ।’ त्यसको केही महिनापछि गाउँमा बत्ती आयो । त्यतिबेला गाउँमा हंसाको निकै प्रशंसा भएको थियो ।
हंसा भन्नुहुन्छ, ‘बत्तीको काम त्यो संस्थाले गरेको थिएन तर सम्बन्धित ठाउँमा संस्थाले पहल गरेको थियो त्यही कारणले गाउँमा बत्ती आएको थियो । गाउँमा बत्तीको आएको कारण गाउँले निकै खुशी थिए ।’ हंसा नौ कक्षामा पढ्दा साना किसान महिला समूहमा सचिव हुनुहुन्थ्यो । हंसा आफ्नो गाउँमा मात्र होइन, काठमाडौँमा आएर पनि मानव सेवामा लाग्नुभयो । काठमाडौँमा रहेका कुनै मधेशीलाई समस्या भयो र उहाँले थाह पाउनुभयो भने सहयोगका लागि उहाँ अघि सर्नुहुन्छ ।
काठमाडौँमा सक्रियता
हंसा राजनीतिकर्मी भएको कारण जिल्ला तथा गाउँबाट काम विशेषले काठमाडौँ आएकाहरु उहाँलाई सम्पर्क गरेका हुन्छन् । कसैलाई अस्पताल पुर्याउने त कसैलाई कुनै अड्डा अदालतमा गएर काम गराइ दिने जस्ता काम हंसाका लागि दैनिकी जस्तै भइसकेको छ । कोही विरामी भएर काठमाडौँ आएका छन् भने उहाँ थाह पाउने बित्तिकै स्कुटर लिएर हुइकिनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘काठमाडौँमा मधेशीलाई निकै गाह्रो छ, त्यसमा पनि गाउँबाट आउनेका लागि त झन गाह्रो हुन्छ, कहाँबाट कहाँ जाने पनि उहाँहरुलाई थाह हुँदैन । त्यस्तो बेलामा उहाँहरुलाई सहयोग चाहिएको हुन्छ ।’ वैदेशिक रोजगारी बारे पनि समस्या आउने गरेका हुन्छन् । कोही काम गर्न गएका हुन्छन्, सम्झौता अनुसार काम दिएको हुँदैन, कोइ मुद्दा मामिलामा फँसेका हुन्छन् । त्यसलाई निकाल्नु परेका हुन्छन् । कसैको लास त्यहाँबाट मगाउनु पर्ने हुन्छ । यस्ता समस्या कति आउछन् कति । सकैजति सबैलाई उहाँले सहयोग गर्नुहुन्छ । बालविवाह तथा दाइजोमुक्त अभियानमा उहाँ केही समय अभियन्ता भएर काम गर्नुभएको छ ।
त्यति मात्र होइन हंसाले महिलाहरुलाई सिलाइ कटाइ पनि सिकाउनु हुन्थ्यो । सात आठ कक्षामा अध्ययन गर्दा नै उहाँ त्यो गाउँमा यति परिचित भइसक्नुभएको थियो कि गाउँमा कुनै कार्यक्रम हुँदा वा कुनै संस्थागत काम हुँदा उहाँलाई बोलाइन्थ्यो ।
काठमाडौँको नरेफाँटमा उहाँको आफ्नै घर छ । त्यहाँको टोल सुधार समितिमा पनि हुनुहुन्छ । टोलमा केही समस्या भयो भने उहाँ त्यसलाई समाधान गर्न आफै अघि सर्नुहुन्छ । उहाँले आफ्नो पहलमा टोलमा बत्ती जडान गर्नुको साथै टोलमा सरसफाइ तथा अन्य समाजिक कामहरु गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, ‘म राजनीतिमा छु भने छरछिमेकले थाह पाइसकेका छन्, त्यही कारणले होला टोलमा हुने काममा मलाई अगाडि सारेका हुन्छन् ।’ कतिपय राजनीतिक दलका नेताहरु त उहाँकै घरमा पुगेर पार्टीमा आउन आग्रह गरिसकेका छन् । यी सब नतिजा हंसाको सक्रियताले गर्दा हो ।

नेपाल बैश्य युवा संघको काठमाडौँ जिल्ला अध्यक्ष भएर चार वर्षसम्म समाजिक सेवामा लाग्नुभयो । काठमाडौँमा बसोबास गर्ने वैश्य समुदायअन्तर्गतका व्यक्तिहरूलाई जोड्ने संगठित गर्ने र सरसफाईलगायत शिवरात्री महोत्सवहरूमा निःशुल्क खानाहरू वितरण गर्ने, अति विपन्न वर्गलाई शैक्षिक सामग्रीहरू वितरण लगायतका काम उहाँले गर्नुहुन्थ्यो । हाल उहाँ तेली बचत तथा ऋण सहकारी संस्था लि. को सञ्चालक समिति सदस्य पनि हुनुहुन्छ । उहाँ दुर्गा पुजा समिति गौसालाको पनि सदस्य हुनुहुन्छ । प्रत्येक दशैंमा गौशालामा दुर्गा मेला लाग्छ त्यसमा उहाँको सक्रिय सहभागिता हुन्छ ।
त्यति मात्र होइन, उहाँले छिमेकी संस्थाबाट १६ दिनको तालिम लिएर स्वास्थ्य स्वयंसेविकाको काम पनि गर्नुभयो । त्यसवापत उहाँले कुनै परिश्रमिक लिनुहुन्थेन । फ्रिमा गर्नुहुन्थ्यो । कोटेश्वरको ३२ नम्बर वडामा उहाँ काम गर्नुहुन्थ्यो । उहाँ भन्नुहुन्छ, ‘म तालिम लिएर घरघर गएर गर्भवत्ती महिला तथा बच्चाहरुलाई सेवा गर्न थाले, म त्यो पैसा कमाउनका लागि होइन सेवा भावले मैले त्यस्तो गरेको थिए त्यस्तो काम गर्न मलाई राम्रो लाग्थ्यो । गर्भवत्ती महिलाले के खाने, के नखाने, आफूलाई कसरी स्यहार सुसार गर्ने, भर्खर जन्मेको बच्चालाई कसरी स्याहार गर्ने, पोषण खानेकुरा कसरी खुवाउने, सफा कसरी राख्ने जस्ता कुरा मैले सिकाउथे ।’
लगभग ३०–३५ वटा घरमा नियमित जाने गरेको बताउँदै हंसाले घर त थुप्रै थियो तर जुन घरमा गर्भवत्ती महिला तथा बच्चा हुन्थ्यो त्यो घरमा मात्र जाने गरेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘मलाई टोल छिमेकका महिलाहरु निकै माया गर्नुहुन्थ्यो, मेरो सेवा भाव देखेर माया गर्नुहुन्थ्यो, संस्थाले पनि मेरो मूल्यांकन राम्रो गरेको थियो ।’ हंसा मधेशी समुदायकी भए पनि उहाँको नेपाली भाषा राम्रो थियो । त्यसको कारण थियो उहाँको गाउँमा पहाडी समुदाय पनि बस्छन् । त्यहाँ पहाडीहरु भएका कारणले सानैदेखि नेपाली नै बोल्नुपर्ने हुन्थ्यो त्यही भएर उहाँको भाषा राम्रो थियो । त्यसले गर्दा उहाँलाई काठमाडौँमा घुलमिल हुन समस्या भएन ।
साइवरबाट राजनीति
तर कुरा त्यतिमा मात्र सकिदैन । उहाँ काठमाडौँमा बस्न थालेपछि के गरौं के गरौं जस्तो भइरहेको थियो । यसरी बेरोजगार बस्दा उहाँलाई उकुस मुकुस भइरहेको थियो । त्यसपछि उहाँले कोटेश्वरको महादेवस्थान नजिकै साइबर खोल्नुभयो । जहाँ फोन तथा कम्युटरको सेवा दिनुहुन्थ्यो । २०६५–६६ तिर मोवाइल त्यति चलनमा थिएन । मान्छेले ल्याण्डलाइनबाट नै फोन गर्नुपथ्र्यो । त्यतिबेला विदेश बढी फोन हुन्थ्यो । त्यसबाट राम्रो आम्दानी हुन्थ्यो । हंसा भन्नुहुन्छ, ‘मलाई कम्प्युट चलाउन, नेपाली–अंग्रेजी दुवै टाइप गर्न आउथ्यो, त्यसैले साइवर चलाउन मलाई कुनै गाह्रो भएन, साइवरमा सबभन्दा बढी चल्ने फोन थियो । सबभन्दा बढी विदेशमा फोन हुन्थ्यो अहिले पनि धेरैजसो देशको कोड नम्बर याद छ ।’
साइवर चलाउँदा नै धेरै मधेशी नेताहरुसँग उहाँको सम्पर्क भयो । नेताहरु फोन गर्न, टाइप गराउन साइवर आउँदा मधेशका अधिकाँश युवा नेताहरुसँग चिनजान भयो र विस्तारै राजनीतितर्फ उहाँ आकर्षित हुन थाल्नुभयो । त्यसपछि काठमाडौँमा हुने प्रायः राजनीतिक कार्यक्रममा उहाँ पुग्नु हुन्थ्यो । मधेशको नाममा जसको आन्दोलन भएपनि हंसा त्यहाँ पुग्नु हुन्थ्यो ।
त्यतिबेला हंसा साइवर पनि चलाउनु हुन्थ्यो, स्वास्थ्य स्वयं सेविकामा काम गर्नुको साथै उहाँले त्यति नै बेला १० कक्षाको पढाइ पनि सुरु गर्नुभएको थियो । र उता विभिन्न समाजिक संघ संस्थामा पनि आवद्ध हुनुहुन्थ्यो । हंसाको व्यस्तता निकै बढेको थियो ।
मामाको घरबाट शिक्षा
हंसा सानैदेखि आफ्नो मामाको घरमा बस्नुहुन्थ्यो । उहाँको लालनपालन शिक्षा दिक्षा सबै मामाको घर सुनसरी इनर्वामा भयो । उहाँ भन्नुहुन्छ, ‘मामाको घरमा सानैदेखि बस्नुको अरु कुनै कारण होइन, नाना नानीको मलाई निकै प्रेम गर्नुहुन्थ्यो । त्यही जन्मे, त्यही हुर्के त्यही भएर होला अधिकाँश समय त्यही बसे ।’ हंसा १ देखि कक्षा–७ सम्म मामाको गाउँमा पढ्नु भयो भने आठ कक्षादेखि आफ्नो गाउँ मधुवन स्कुलमा पढ्नुभयो । त्यहाँ उहाँले ९ कक्षासम्म पढ्नुभयो । १० कक्षामा गएपछि उहाँको विहे भयो ।

हंसा भन्नुहुन्छ, ‘हजुरआमा विमार परेपछि उहाँले नातिनीको विहे हेरेर मर्छु छिट्टो विहे गर्दिनुस् भन्नुभयो, मेरा बुुवाले विहे गर्दिनुभयो । हजुरआमाको चाहना अगाडि मैले नाइ भन्न सकिन्न । हजुरआमा विमार हुनुहुन्थ्यो उहाँको इच्छा नै मेरो विहे थियो भने त्यहाँ नाइ भन्ने कुरा थिएन । मेरो विहे भयो ।’ सुनसरी भोकराहाका शितल साहसँग २०५७ फागुन १५ गते हंसाको विवाह भयो । हंसाको विहे भएको ५–६ महिनापछि उहाँको हजुरआमाको निधन भयो । हंसाका एउटा छोरा छन् । अहिले उनी बंगलादेशमा पढी रहेका छन् ।
विहे भएपछि हंसाको पढाइमा ब्रेक लाग्यो । एक वर्षपछि हंसाले बच्चा पाउनुभयो । बच्चा भएपछि हंसा विरामी हुनुभयो । हात खुट्टा सुनिन्न थाल्यो । सायद बाथ रोग थियो । त्यो रोग निको हुन ६–७ वर्ष लाग्यो । विहे भएको दुई वर्षपछि हंसा श्रीमानसँग काठमाडौँमा बस्न थाल्नुभयो । उहाँको श्रीमान कान्तिपुर पब्लिकेशनमा काम गर्नुहुन्छ । काठमाडौँ उपेन्द्र देवकोटाबाट उपचार गराएपछि हंसाको रोग निको भएको थियो । पढाइमा झण्डै सात आठ वर्षको ग्याप भएको थियो । उहाँको श्रीमान शितल र दाईले हंसालाई पढ्नका लागि भन्नुभएको थियो ।
२०६९ मा उहाँले पढाई सुरु गर्नुभएको थियो । काठमाडौँको सुन्दर नमुना विद्यालय सोह्रखुटेमा १० कक्षामा नाम लेखाउनुभएको थियो । उहाँ त्यही स्कूलबाट एसएलसी पास गर्नुभयो । त्यसपछि उहाँ सिनास कलेजबाट २०७३ मा १२ कक्षा पास गर्नुभयो । १२ कक्षा पास गरेर केही समय फेरि पढाइबाट ब्रेक लिनुभयो । सात वर्षपछि पछि त्यही कलेजबाट २०८१ मा सोसियोलोजीमा ब्याचलर पास गर्नुभयो । मस्टर्सं पढ्ने पनि उहाँको योजना छ तर राजनीति व्यस्तताका कारण समय निकाल्न सकि रहनुभएको छैन ।
राजनीति यात्रा
हंसा साहले राजनीतिक ज्ञान र समाज सेवाको प्रेरणा आफ्नो नाना (आमाको बुवा)बाट सिक्नुभएको थियो । उहाँको नाना हरिकिसन साह समाज सेवी हुनुहुन्थ्यो । गाउँमा कसैलाई समस्या आइपर्दा सहयोगका लागि अघि सर्नुहुन्थ्यो उहाँ । गाउँमा हुने विभिन्न कुरितीहरुको विरुद्धमा उहाँको नानाले अवाज उठाउनु हुनुहुन्थ्यो । कसैमाथि कुनै भेदभाव गर्नुहुन्थेन । भेदभावको विरुद्ध उहाँ आफै बोल्नु हुन्थ्यो । आफ्नो जग्गा दिएर उहाँले गाउँमा स्कूल खोल्न लगाउनु भएको छ । यी कुरा हंसाले आफ्नो आँखाले देख्नुभएको थियो । त्यहीबाट प्रेरणा पाएर उहाँ सानैदेखि समाज सेवामा लाग्नुभएको थियो ।
सुनसरी भोकराहाका शितल साहसँग २०५७ फागुन १५ गते हंसाको विवाह भयो । हंसाको विहे भएको ५–६ महिनापछि उहाँको हजुरआमाको निधन भयो । हंसाका एउटा छोरा छन् । अहिले उनी बंगलादेशमा पढी रहेका छन् ।
समाजिक ज्ञान राजनीतिक चेतना उहाँलाई सानैदेखि थियो । समाज तथा मानव सेवामा लागे पनि उहाँ राजनीतिबाट टाढा नै हुनुहुन्थ्यो । उहाँ जब काठमाडौँ बस्न थाल्नुभयो अनि राजनीतिको गतिविधिमा संलग्न हुन थाल्नुभयो । मधेश आन्दोलन हुँदा उहाँ काठमाडौँमै हुनुहुन्थ्यो । काठमाडौँमा चिनिएका तत्कालिन मधेशी जनअधिकार फोरम नेपालका युवाहरु कपलेश्वर यादव, बिक्की यादव, जितेन्द्र साहलगायत थुप्रै युवा तथा महिलासँग उहाँको चिनजान भएको थियो । चिनजानको माध्यम उहाँको साइवर थियो ।




तपाईको प्रतिक्रिया