‘प्रक्रियागत त्रुटि वा अपराध नै किन न होस् र कतिपय राजनैतिक एजेण्डा विपरीत नै किन न होस्, तर अहिलेको संसद् र सरकारमा रविजी मेरो लागि पनि आशाको केन्द्र हुनुहुन्थ्यो । बैठक होस् वा संसद्, रविजीले नयाँ ऊर्जा, जोश र देशमा केही त परिवर्तन होला कि आशा जगाउने गर्नुहुन्थ्यो ।’
माघ १३ गते सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामेछाने नागरिकताविहिन रहेको ठहर गरेपछि जनमत पार्टीका अध्यक्ष सिके राउतले सोही दिन आफ्नो ट्वीटरमार्फत दिनुभएको प्रतिकृया हो यो । सिके राउतले रविको समर्थन गर्ने स्वभाविक नै हो । दुवैजना लामो समय अमेरिका बस्नुभएको छ । रवि त त्यहीको नागरिक भएर नै बसे । सिके राउत जागिरको सिलसिलामा वैज्ञानिकको रुपमा अमेरिकामा लामो समय बस्नुभयो ।
त्यसले गर्दा दुवैजनाले एक अर्कालाई सहयोग गर्ने स्वभाविक हो । यी दुई नेताप्रति अमेरिका सहानुभूति राख्छ । र, उहाँहरुले पनि अमेरिकाप्रति सहानुभूति नै राख्नुहुन्छ । यति भन्दा फरक पर्दैन कि सिके राउत र रवि अमेरिकाको विरोधमा कहिले जानुहुन्न । अमेरिकाले नेपालमा जस्तोसुकै गरोस्, जे गरोस् तर कम से कम यी दुई नेता बोल्नु हुन्न । एमसीसीको विषयमा देशमा आन्दोलन भइरहँदा सिके राउत र रवि चुपचाप हुनुहुन्थ्यो । उहाँ दुवैजना यो देशका लागि एमसीसी आवश्यक छ भने मौन स्विकृति दिनुभएका छ ।
नेपालमा हुने अमेरिकाको हरेक गतिविधिमा सिके राउत र रविले मौन स्विकृति दिँदै आउनुभएको छ । त्यहीं भएर आज रविलाई सर्वोच्च अदालतले अनागरिक घोषणा गरेपछि सिके राउतको चित्त दुखेको जानकारहरुको टिप्पणी छ । एक राजनीतिक विश्लेषकले भन्नुभयो, ‘सुशासनका लागि लडाई लडदै आउनु भएका सिके राउतले रविको पक्ष लिएकोमा आश्चर्य लागेको छ भने अर्कोतिर जहाँबाट उहाँहरु पालित पोसित हुनुहुन्छ त्यसको समर्थन गरेकोमा कुनै टिप्पणी पनि छैन ।’
रविलाई यसरी उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं सांसद पदबाट हट्ने गरि जसरी सर्वोच्च अदालतले जुन निर्णय गरेको छ त्यसमा सबभन्दा खुशी चीन देखिएको छ । रविको विरुद्धमा फैसला आएपछि चीनमा झण्डै दिपावली मनाएको छ । चीनका हरेक मिडियाले रविको समाचारलाई कभरेज गरेको छ । रविले गरेको कर्तुतका पर्दाफास गरेको छ । चीनको मिडिया बोल्नु भनेको त्यहाँको सरकार बोल्नु जस्तै हुन्छ । त्यहाँका हरेक मिडियामाथि सरकारको नियन्त्रण हुन्छ ।
चीनका हरेक अनलाइन तथा प्रिन्ट मिडिया तथा टेलिभिजनले रविको समाचारलाई प्रमुखताका साथ प्रकाशित गर्दै खुशी व्यक्त गरेका छन् । चीनका मिडियाले रविलाई अमेरिकी नागरिक नै भनेको छ । ‘अमेरिकी नागरिक’ले झूठो विवरण दिएर नेपाली जनताको दिमाग भुटेको र हौवाको भरमा गृहमन्त्री बनेको चिनियाँ सञ्चारमाध्यममा उल्लेख छ ।
चीनको एउटा अनलाइनमा लेखेको छ, ‘अमेरिका गएपछि रविले शरणार्थी बनेर नेपाली नागरिकता त्यागे ।
अमेरिकी नागरिकताका लागि आवेदन दिए र प्राप्त गरे । त्यसपछि नेपाल फर्के तर नेपाली नागरिकताका लागि पुनः आवेदन गरेनन् । उनले अवैध भइसकेको नेपाली नागरिकता प्रयोग गरे । अमेरिकीको हैसियतमा एउटा टेलिभिजनमा काम गरे । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरे र आमचुनावमा विजयी भएपछि उपप्रधानमन्त्रीसहित गृहमन्त्री बने ।’
राहदानी दुरुपयोगसम्बन्धी अर्को मुद्दा परेमा उहाँलाई थप कारवाही हुनसक्ने र एकदेखि तीन वर्षसम्म जेल सजाय पाउने विषयलाई पनि चिनियाँ सञ्चारमाध्यमले प्रमुखताका साथ स्थान दिएको छ । छ महिनाको बीचमा चौथो ठूलो दल बनेर रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री बनेलगत्तै क्याबिनेटमा विपक्षीको भूमिका निर्वाह गर्ने उल्लेख गर्नुलाई चिनियाँ सञ्चारमाध्यमले ‘अहंकारी’ को संज्ञा दिएका छन् ।
‘चुनावअघि उनले काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सबैलाई राजनीतिबाट सन्यास लिन सल्लाह दिए । सबैभन्दा धेरै घृणा उनले देउवालाई गरेका थिए ।’ चीनको एक अनलाइनमा उल्लेख छ ।
अमेरिकी र पश्चिमा राष्ट्रहरुको पहिले मौन र अहिले प्रत्यक्ष समर्थन गरेका उहाँलाई हिजो अदालतको आदेशपछि ठूलो धक्का पुगेको चिनियाँ सञ्चारमाध्यमले निष्कर्ष निकालेको छ । एउटा अनलाइनले लेखेको छ, ‘रवि संयुक्त राज्य अमेरिकाले नेपालको राजनीतिमा घुसाएको एउटा प्यादा हो । अदालतको आदेशपछि धेरै नेपाली निकै खुशी देखिएका छन् ।’
तपाईको प्रतिक्रिया