Khadya Bibhag

जसपा सम्बद्ध बौद्धिकहरुको भेला

काठमाडौँ माघ २७ गते । जनता समाजवादी पार्टी, नेपाल सम्बद्ध नेपाल बौद्धिक पेसाकर्मी महासंघको भेला शनिवार हुने भएको छ ।

पार्टी सम्बद्ध प्राध्यापक, कानुन व्यवसायी, शिक्षक, पत्रकार, बैंकिङ तथा निजामती कर्मचारी, इञ्जिनियरहरु भेलाले नेपाल बौद्धिक पेसाकर्मी महासंघको समिति गठन गर्नेछ ।

पार्टी केन्द्रीय कार्यालयमा दिनको १ बजे हुने भेलामा महासंघका पदाधिकारी, सदस्यहरु तथा घटक संघ÷संगठनका अध्यक्ष तथा पदाधिकारीहरुलाई अनिवार्य उपस्थिति रहने जसपाले जनाएको छ ।

तपाईको प्रतिक्रिया