
‘दम लगा के हइसा’ फिल्मबाट आफ्नो चलचित्रको यात्रा सुरु गरेकी भूमि पेडनेकर अहिले बडिउडका चर्चित र महँगा अभिनेत्रिमा गिनिन्छिन् ।

उनी मुख्य रूपमा हिन्दी चलचित्रहरूमा अभिनय गर्ने गरेकी छिन्। यश राज फिल्म्समा ६ वर्षसम्म सहायक कास्टिङ निर्देशकको रूपमा काम गरेपछि, उनले कम्पनीद्वारा निर्माण गरिएको प्रेमप्रसङ्गयुक्त हास्य चलचित्र ुदम लगा के हइसाु अधिक वजन भएकी दुलहीको रूपमा अभिनय जीवनको सुरुवात गरेकी थिइन् ।

यस चलचित्रमा उनको दमदार अभिनयको कारणले उनलाई सर्वश्रेष्ठ महिला पदार्पणको लागि फिल्मफेयर पुरस्कार दिलाएको थियो ।



तपाईको प्रतिक्रिया