काठमाडौँ फागुन ६ गते । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटघाट भएको छ ।
जसपाको केन्द्रीय कार्यालयमा शुक्रवार दुई नेताबीच करिव आधा घण्टा छलफल भएको थियो । भेटमा नेतापौडेलले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न अध्यक्ष यादवलाई अनुरोध गर्नुभएको थियो भने यादवले उपराष्ट्रपतिबारे चासो व्यक्त गर्नुभएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण वस्नेतले बताए ।
राष्ट्रपतिको निर्वाचन, विधान अधिवेशनको तयारी लगायतका एजेण्डामा छलफल गर्न जसपाले आइतबार कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

तपाईको प्रतिक्रिया