महाशिवरात्रिको अवसरमा सिरहा समाजको स्वास्थ्य शिविर (फोटोफिचर)

काठमाडौँ फागुन ७ गते । महाशिवरात्रिको अवसरमा सिरहा समाज सेवाले निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो ।


पशुपतिनाथ मन्दिरको परिसरमा महाशिवरात्रिमा पुजा पाठका लागि आउनु भएका धर्मालम्बीका लागि निःशुल्क स्वास्थ्य शिविरको आयोजना सम्पन्न भएको सिरहा समाज सेवाका अध्यक्ष विष्णु साहले बताउनुभयो ।

शनिवार दिनभर मन्दिर परिसरमा भक्तजनको सेवाका लागि सिरहा समाज सक्रिय रहेको बताउँदै उहाँले सो शिविरबाट ६८५ जनाले स्वास्थ्य जाँच गराएको जानकारी दिनुभयो ।


एनएमसीका डाक्टर ऋषि साहको नेतृत्वमा १९ जना डाक्टर खटिनु भएको थियो । उहाँहरुले पनि सिरहा समाजका लागि निशुल्क सेवा गर्नुभयो । शिविर सम्पन्न भएपछि सिरहा समाज सेवाका अध्यक्ष साहले डाक्टरहरुलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया