Khadya Bibhag

जसपाको विधान अधिवेशन चैत २७ गतेदेखि हुने

काठमाडौँ फागुन ७ गते । जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशन चैतको २७, २८ र २९ गते हुने भएको छ ।

जसपाको आजदेखि सुरु भएको कार्यकारिणी समितिको बैठकले विधान अधिवेशन चैत २७ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ । कार्यकारिणी सदस्य रामसहाय यादवले पार्टीको विधान अधिवेशन काठमाडौमा गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

पार्टीका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वका गठन भएको विधान संशोधन मस्यौदा समितिले विधानको तयारीमा जुटेको छ ।

तपाईको प्रतिक्रिया