काठमाडौँ फागुन ७ गते । राष्ट्रिय एकता अभियानले आईतवार काठमाण्डौंमा ‘नेपाली संस्कृति र विकास क्षेत्रमा नेपाल–भारत सहकार्य’ विषयक विचार गोष्ठी सम्पन्न गरेको छ ।
अभियानका अध्यक्ष विनय यादवको अध्यक्षता तथा अभियानका संरक्षक मण्डलका सदस्य एवम् नोवेल मेडिकल कालेजका डाइरेक्टर डा. निरन्जनकुमारको प्रमुख आतिथ्यामा आयोजित गोष्ठीमा अभियानकी उपाध्यक्ष सुनीता साह, अभियनन्ता हेमन्त लामा, काजी कार्की, अभियानका केन्द्रीय सदस्य डा. प्रभात कुशवाहा, धार्मिक अभियन्ता खेमनाथ आचार्य, अभियानका केन्द्रीय सदस्य चन्द्र यदुवंशी लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा वक्ताहरुले दुई देश बीचको भौगोलिक, सांस्कृतिक, व्यपारिक र राजनीति सम्वन्धका विषयमा चर्चा गरेका थिए। भारत र नेपालको आत्मा एकै भएको तर्क गर्दै नेपालको विकासमा भारतले पुर्याईरहेको योगदानको कदर गर्नुपर्ने उहरुहरुको तर्क छ ।
नेपाली संस्कृति र विकासको क्षेत्रमा नेपाल–भारत बीचको सहकार्य उदाहरणीय रहेको भन्दै उनीहरुले त्यसलाई अझ बलियो पार्न सनातन धर्म संस्कृतिको संरक्षण जरुरी रहेको बताउनुभयो । उहाँहरुले सनातन धर्म संस्कृतिले मात्र देशको राष्ट्रियता जोगिने तर्क गर्नुभएको छ ।
अभियानका संरक्षण्क निरञ्जनले नेपालको भूमीमा जन्म हुनु धेरै पुण्य काम हो भन्नुहुँदै उहाँले नेपालको भूमीमा जन्म लिनुमा निश्चित रुपले कुनै ठूलो पुण्यको काम गरेको होला भनि धारणा राख्नुभयो । नेपाल धेरै नै धर्मिक ठाउँ रहेको उल्लेख गर्दै उहाँले विभिन्न ऋषिमुनीको जन्म भएको स्थान नेपाल रहेको बताउनुभयो ।
नेपाल र भारतको सम्बन्ध आज कसैले बनाएको होइन, यी दुई देशको सम्बन्ध सदियौंदेखिको रहेको धारणा राख्दै उहाँले नेपालको कुनै यस्तो घर छैन जहाँ भारतको बारेमा जानकारी नहोस्, यो सम्बन्ध कुनै व्यक्तिले होइन प्रकृतिले बनाएको धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाल भारतको सम्बन्ध राजनीति होइन, यो प्रकृतिले बनाई दिएको सम्बन्ध हो त्यही भएर यतिका दिनसम्म टिकेको हो, राजनीति सम्बन्ध टिकाउ हुँदैन ।’ प्रकृतिले बनाएको यी देशको सम्बन्धलाई सबैले मिलेर पुरा गर्नुपर्ने उहाँले सुझाव दिनुभयो ।
तपाईको प्रतिक्रिया